दुनियाकै ठूलो सोसल नेटवर्किंग साइटका केही गुह्य तथ्यहरुको बारेमा धेरैलाई थ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

 दुनियाकै ठूलो सोसल नेटवर्किंग साइटका केही गुह्य तथ्यहरुको बारेमा धेरैलाई थ"/>

१ माघ २०८२, बुधबार
काठमाडौँ - KTM

फेसबुक चलाउनुहुन्छ ? जान्नुहोस् यी १२ तथ्यहरु

२५ आश्विन २०७३, मंगलवार ००:४४

 दुनियाकै ठूलो सोसल नेटवर्किंग साइटका केही गुह्य तथ्यहरुको बारेमा धेरैलाई थाहा नहुन सक्छ । आउनुहोस् यी एक दर्जन तथ्यबारे जानौँ, जो रोचक छन् तर तपाइँलाई पनि अहिलेसम्म थाहा नभएको हुनसक्छः

–  फेसबुकमा पहिलोपटक जुन अनुहार देखियो त्यो अमेरिकी अभिनेता अल पचिनोको थियो ।


–  फेसबुकमा एउटा यस्तो फिचर पनि छ जसमा तपाइँले आफ्नो मृत्युपछि आफ्नो अकाउन्ट व्यवस्थापन गर्नका लागि वारेस नियुक्त गर्न सक्नुहुन्छ ।


–  फेसबुकको स्टाटस बक्समा गएर तपाइँले जुन कुरा टाइप गर्नुहुन्छ त्यो सिधै फेसबुकको सर्भरमा पुग्दछ, चाहे तपाइँले लेखेको कुरा मेट्नुभयो वा पोष्ट गर्नुभएन भने पनि ।


-हरेक एक मिनेटमा फेसबुकमा १८ लाख पटक लाइक बटन थिचिन्छ ।


– तपाइँलाई लाग्दछ की फेसबुकमा निकै धेरै फेक अकाउन्ट हुन्छन् । तर फेसबुकमा उतिसारो फेक अकाउन्ट भने छैनन् । प्रचलनमा रहेका कूल फेसबुक अकाउन्टमध्ये ८.७ प्रतिशत मात्र फेक अर्थात् नक्कली रहेका छन् । तर सयमा झण्डै ९ वटा फेसबुक अकाउन्ट नक्कली हुनुपनि सानो कुरा होइन ।


-एक अध्ययन अनुसार फेसबुक चलाइसकेपछिको समयमा हरेक एक तिहाई मानिसले आफ्नो जिवनमा सबैभन्दा धेरै असन्तुष्ट महसुस गर्दछ । यस्तो यसकारण हुन्छ की फेसबुकमा धेरैजसो मानिसहरु जिवनमा खुसीहरु भरिएका पोष्टहरु गरिरहेका हुन्छन् । यसले हामीलाई आरिस उत्पन्न गराउँछ र आफैप्रति असन्तुष्टि पैदा गरिदिन्छ ।


-यदि तपाइँलाई घरै बसीबसी पैसा कमाउने इच्छा छ भने फेसबुक ह्याक गर्नुहोस् । फेसबुकमा भएको सुरक्षा कमजोरी पत्ता लगाउनेलाई फेसबुकले नै पुरस्कार प्रदान गर्ने गर्दछ । तर यसो भन्दैमा जथाभावी फेसबुक प्रयोगकर्ताका फेसबुक अकाउन्ट ह्याक गर्नु चाहीँ अपराध हुन्छ । स्मरण रहोस फेसबुकमा हरेक दिन ६ लाख पटक ह्याकिंगको प्रयास गरिन्छ ।


-मानिसहरुमा फेसबुकप्रतिको लत यति धेरै बढेको छ की एउटा नयाँ रोग नै सिर्जना भएको छ । जसलाई फेसबुक एडिक्सन डिसअर्डर भनिन्छ ।


-कहिलेकाहीँ केही समय फेसबुक साइट डाउन हुन्छ  वा चल्दैन । यसो हुँदा हरेक मिनेटमा फेसबुकाई २५ हजार डलर घाटा लाग्दछ ।


-अरु त अरु, फेसबुक कैयन् हत्या तथा मृत्युको कारक बन्ने गरेको छ । फेसबुककै कारण विभिन्न अपराधको जन्म हुने गरेको छ । रोचक कुरा त के भने फेसबुकमा आफुलाई अनप|mेण्ड गरेको निहुँमा समेत मानिसको हत्या हुने गरेको छ ।


– फेसबुकमा अहिले जुन लाइक बटन चल्तीमा छ त्यसलाई सुरुवातमा अवेसन नाम दिइएको थियो ।


–   हाल फेसबुकमा ३ करोड मृत मानिसका अकाउन्ट छन् । आउँदो १ सय वर्षमा यो संख्या ५० करोड पुग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का