२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यिनी सेक्सका लागि चौबिसै घण्टा तयार, भविष्यमा मानव सेक्स नै फेल हुने खतरा

१३ कार्तिक २०७३, शनिबार ०८:०७

एजेन्सीको सहयोगमा | आगामी डिसेम्बर महिनामा लण्डनमा रोबोटसँगको प्रेम तथा सेक्स गर्ने दोश्रो अन्तराष्ट्रिय कग्रेसको आयोजना हुने भएको छ । मलेसिया सरकारले यस खालको आयोजनालाई बढि अश्लील भएको भन्दै प्रतिबन्ध लगाएपछि आगामी १९ र २०  डिसेम्बरमा सेक्स रोबोट पर्व लण्डनमा हुने भएको हो । लन्डनको गोल्डस्मिथ विश्वविद्यालयले यो सेक्स रोबोट पर्वको आयोजना गर्दैछ ।

समारोहमा मानवीय रोबोटदेखि लिएर टेलिडेल्डोनिक लगायतका विषयमा छलफल हुनेछ । अर्थात् साइबरसेक्स टोयज देखि खुफिया इलेक्ट्रोनिक सेक्स हार्डवेयर लगायतका विषय छलफलका मूख्य विषय हुनेछन् ।

विश्वविद्यालयका कम्प्युटिंग विषयका प्राध्यापक डाक्टर केट डेभलिनले छलफल सत्र संचालन गर्नेछन् । उनले लेखेको इन डिफेन्स अफ सेक्स रोबोट नामक निबन्ध अहिलेसम्म विश्वमा ५ लाख भन्दा बढिले पढिसकेका छन् ।

उनी भन्छन्,  रोबोट भविष्यमा हाम्रो प्रेमजोडी बन्नेछ । के प्रेमलाई वैध बनाउन दुबैले दुबै सदस्यले समान व्यवहार गर्नुपर्छ भन्ने छ ?

निकट भविष्यमा रोबोट सेक्सले मानव सेक्सलाई उछिन्ने अनुमान कतिपयले गरेका छन् । तर केही सेक्स रोबोट विज्ञहरुले भने रोबोटसँगको सेक्स कुलतको रुपमा विकशित हुनसक्ने र यसले मानिस मानिस बीच हुने सम्भोगलाई नै प्रतिस्थापन गर्नसक्ने जोखिम देखेका छन् ।

अन्य विभिन्न प्रविधिहरुले मानवीय सिपलाई विस्थापित गरेजस्तै सेक्समा पनि रोबोटले मानिसलाई विस्थापित गर्नसक्छ ।

रोबोट विज्ञका अनुसार रोबोट सेक्स लतको रुपमा विकाश हुने जोखिम यसकारणले छ की सेक्सका लागि रोबोट जतिबेला पनि तयार हुनेछ र कुनैपनि बेला सेक्सका लागि इन्कार नगर्ने भएपछि सेक्सको लत स्वतः बस्नेछ । साथै रोबोटसँगको निरन्तर सेक्सले मानिसलाई चरम आनन्दको अनुभुति दिलाउनेछ र ऊ आफ्नो मानव पार्टनरसँग भन्दा रोबोटसँगै सहवासका लागि अघि सर्नेछ ।

तर कतिपय सेक्स थेरापिष्टहरु भने सेक्स रोबोटको प्रयोगले यौन जिवनलाई सुखदायी बनाउनुका साथै सुरक्षित सम्भोगलाई बढावा दिने बताउँछन् । दम्पत्तिहरुबीचको सहमतिमा सेक्स टोय प्रयोग गरिएजस्तै सेक्स रोबोटको प्रयोग समेत सहमतीमा भएमा झनै सुनमा सुगन्ध हुने तर्क उनीहरुको छ ।


बेलायतमा केही समयअघि यौनिक रुपमा सक्रिय झण्डै ३ हजार युवायुवतीमा गरिएको एक अध्ययनले के देखाएको छ भने अधिकांस युवायुवतीहरुले रोबोटसँग सेक्स गर्न पाए हुन्थ्यो भन्ने चाहन्छन् । रोबोटसँग सेक्स गर्न चाहने मध्ये ७२ प्रतिशतले यौन सन्तुष्टि प्राप्त हुने आशामा यसो गर्ने इच्छा व्यक्त गरेका थिए भने २८ प्रतिशतले नयाँ अनुभव हाँसिल गर्ने आकांक्षामा ।

विज्ञहरुका अनुसार सेक्स रोबोटको अर्को ठूलो फाइदा पनि छ ।

यसले सेक्स उद्योगमा ठूलो परिवर्तन ल्याउनेछ र यौनकर्मीहरुलाई विस्थापित गर्नेछ । यसले सेक्सका लागि हुने मानव बेचविखन तथा ओसारपसार र सेक्स दासीको समस्या पनि घटाउन सहयोग गर्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली