कात्तिक १३, काठमाडौँ | कृषि टेलिभिजन नेटवर्क प्रालिले आइतबारदेखि आफ्नो प्रसारण सुरु गर्ने भएको छ । 

सर्वसाधारणलाई कृषि गतिविधिका बारेमा जानकारी दिने उद्देश्यले स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १३, काठमाडौँ | कृषि टेलिभिजन नेटवर्क प्रालिले आइतबारदेखि आफ्नो प्रसारण सुरु गर्ने भएको छ । 

सर्वसाधारणलाई कृषि गतिविधिका बारेमा जानकारी दिने उद्देश्यले स"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब कृषकको आफ्नै टेलिभिजन च्यानल, आइतबारदेखि प्रसारणमा आउने

१३ कार्तिक २०७३, शनिबार १२:५१

कात्तिक १३, काठमाडौँ | कृषि टेलिभिजन नेटवर्क प्रालिले आइतबारदेखि आफ्नो प्रसारण सुरु गर्ने भएको छ । 

सर्वसाधारणलाई कृषि गतिविधिका बारेमा जानकारी दिने उद्देश्यले सञ्चालन हुन लागेको उक्त टेलिभिजन नेपालको पहिलो कृषि टेलिभिजन हो । ललितपुरको कुमारीपाटीबाट प्रसारण हुने सो टेलिभिजनले ‘किसानको सम्मान, स्वाभिमान, राष्ट्र निर्माण र आर्थिक समृद्धिका लागि कृषिको विकास हाम्रो अभियान’ भन्ने मूल उद्देश्य लिएको छ । 

कृषि, भूमि, जलस्रोत, वन, पशुपक्षी, सिचाइ, कृषि शिक्षा, स्वास्थ्य, कृषि पर्यटन, वातावरण, उपभोक्ता, मनोरञ्जनलगायत कृषिसँग प्रत्यक्ष अप्रत्यक्ष सरोकार राख्ने मुद्दालाई समाचार बनाउने अभिप्रायबाट कृषि टेलिभिजन नेटवर्कको स्थापना गरेको अध्यक्ष तेजविक्रम थापाले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो । 

नेपालको पहिलो टेलिभिजन नेपाल टेलिभिजन हो । उक्त टेलिभिजनको स्थापना २०४२ सालमा भएको थियो । तर, कृषि गतिविधिका समाचार सम्प्रेषण गर्ने अठोटले स्थापित यस टेलिभिजनले किसान वर्गमा उत्साह आउने विश्वास सञ्चालकले लिएका छन् । 

नेपाल कृषि प्रधान देश हो । झन्डै ६७ प्रतिशत जनता कृषि पेसामा आबद्ध छन् । खेती गर्ने युवा जनशक्ति विदेश पलायन हुँदैछन् भने खेतीयोग्य जमिन घडेरीमा परिणत हुँदैछ । परम्परागत ढङ्गले चलेको कृषिमा सयौं कठिनाइ छन् । मल, बीउ र प्रविधिको अभावमा लागत अनुरुपको मूल्य प्राप्त हुन सकेको छैन । 

कृषि पत्रकार प्रतिष्ठानका महासचिव गोविन्द शर्माले राज्यले अनुदान, बिमा, कृषिमा यान्त्रिकीकरण गरेको छ तर सो सुविधा प्राप्तिका लागि किसानले आवश्यकता महसुस गर्न सकेका छैनन् भन्नुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का