२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विज्ञान र प्रविधि क्षेत्रमा लगानी बढाउने प्रमको प्रतिबद्धता

२०७३, २५ कार्तिक बिहीबार १०:५८

कात्तिक २५, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले विज्ञान, प्रविधि र अनुसन्धानको क्षेत्रमा लगानी बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनद्वारा यहाँ आज आयोजित ‘नेपालमा वैज्ञानिक अन्वेषण : सम्भावना र चुनौती’ विषयको एक दिवसीय गोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले विगतमा विज्ञानको क्षेत्रमा बजेटको व्यवस्था नगरिएको सन्दर्भमा आफूले पूरक बजेट ल्याएर भए पनि यस क्षेत्रलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुुभयो । 

प्रधानमन्त्री दाहालले संविधान जारी भइसकेको अवस्थामा त्यसलाई सर्वस्वीकार्य बनाएर कार्यान्वयन गर्दै देशलाई आर्थिक र सामाजिकका साथै विज्ञान र प्रविधिको विकासतर्फ समेत मुलुकलाई उन्मुख गर्ने सरकारको तयारी रहेको बताउनुभयो । 

उहाँले नेपालमा हरेक क्षेत्रमा विकासका सम्भावना विद्यमान रहेको बताउँदै त्यसलाई उजिल्याउन असल राजनीतिक नेतृत्वले अग्रसरता लिनुपर्ने खाँचो औँल्याउनुभयो । 

उहाँले भन्नुभयो – “हामीसँग जनशक्ति नभएको होइन, नेपाल स्रोत साधनले सम्पन्न छ । त्यसको सदुपयोग हुन नसकेको मात्र हो । अब आफ्नै स्रोत साधनबाट स्वदेशमै रोजगारीको सिर्जना गर्नुपर्छ ।” 

व्यवस्थापिका–संसद्को विकास समितिका सभापति रवीन्द्र अधिकारीले रोजगारीका लागि युवालाई विदेश पठाउनेभन्दा पनि स्वदेशमै रोजगारीको सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । 

सङ्गठनका अध्यक्ष नरेश भण्डारीले विज्ञान र प्रविधिको विकासका लागि राज्य उदासीन देखिएको गुनासो गर्नुभयो । 

एक दिवसीय गोष्ठीमा विज्ञान र प्रविधिसम्बन्धी तीन वटा कार्यपत्रमाथि छलफल गरिनेछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ