महेन्द्र केसी पर्वत । कलिलो उमेरमा पनि विज्ञानप्रतिको उनको माया र मोहका कारण पछिल्लो समयमा युव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी पर्वत । कलिलो उमेरमा पनि विज्ञानप्रतिको उनको माया र मोहका कारण पछिल्लो समयमा युव"/>
२०८२, १३ फाल्गुन बुधबार
पर्बत - PBT

पाँचौ पर्वत महोत्सवमा बालबैज्ञानिक अमनले ड्रोन उडाउने

२०७३, ७ माघ शुक्रबार ०५:१५

महेन्द्र केसी पर्वत । कलिलो उमेरमा पनि विज्ञानप्रतिको उनको माया र मोहका कारण पछिल्लो समयमा युवा बैज्ञानिकका रुपमा चिनिएका अमन पौडेलले हालसम्म तयार गरेका विभिन्न मेशिनरी सामाग्री तथा उनका आविष्कार गरेका बस्तुहरुको पनि पाँचौ पर्वत महोत्सवमा बृहत प्रदर्शनी हुने भएको छ ।


कक्षा ४ मा पढ्दै गर्दा आफ्नो बाबुले किनेर ल्याइदिएको रिमोटवाला खेलौना कार खेलाउदा खेलाउदै विग्रेपछि अमन आफै खेलनौको मर्मत गर्न शुरु गरे । उनले उक्त खेलौना पहिले जस्तो थियो उस्तै बनाउन पनि सफल भए । आजको सहारान्यूज दैनिकका अबर छ ।


त्यसपछि उनी बाबुले ल्याइदिएको खेलौना जस्तै अन्य खेलौना पनि बनाउने कलिलो मतिष्कमा सोच बनाए । तिनै १४ वर्षका अमन पौडेलले पाँचौ पर्वत महोत्सवमा ड्रोन उडाउने तयारी गरिहेका छन् । उनले पछिल्लो समयमा चर्चाका रहेको ड्रोन पाँचौ पर्वत महोत्सवको उद्घाटन शत्रमानै उडाउने सोच बनाएका छन् । यतिबेला उनी घरमा ड्रोन बनाउनको लागि निकै व्यस्त छन् ।



ड्रोन लगभग तयार भैसकेको र परिक्षण पनि गरिसकेकोले अब सफता पूर्वक पाँचौ पर्वत महोत्सवमा ड्रोन उडाउने सोच रहेको उनले बताए । ड्रोनको अलबा उनले महोत्सवमा आफुले आविष्कार गरेका सामाग्रीहरु एक्साभेटर, रेल, रोबोट, भूकम्प संकेत मेशीन, पानीजहाज, पहाड चढ्ने गाडी, भ्याकुम क्लीनर, न्यूटनको चक्का, घन्टी, गोवर ग्याँस, पंखा, प्रोजेक्टर लगायतका सामाग्रीहरु प्रदर्शनी गर्ने सोच बनाएका छन् । 


यी आविस्कारहरुमा आवश्यकता अनुसार भिन्दाभिन्दै वैज्ञानिक नियमको प्रयोग भएको छ । बालवैज्ञानिक पौडेलले तयार पारेको भूकम्प संकेत मेशीनले सामान्य भूकम्पको धक्का आउदा घन्टी बजाई संकेत दिन्छ । यो यन्त्र निर्माणमा फोम, काठ, मोटर, व्याट्रीको प्रयोग भएको छ भने यो सोलर पावरबाट पनि चलाउन सकिने उनको दावी छ ।


आविस्कार गरेका सामाग्रीहरुमा बालवैज्ञानिक पौडेलले घरेलु सामाग्रीहरु धातुको टुक्रा, कीला, तार, प्लाष्टिक बोत्तल, रवर, जाली, काठ, बाँस लगायत प्रयोग गरेका छन् भने अन्य विद्युतीय सामाग्रीहरुको समेत प्रयोग भएको छ । उनले पहिलो पटक आविस्कार गरेको सामाग्री एक्साभेटर हो । उनले तयार  पारेको रोवोट यन्त्रमा पनि घरेलु सामान जस्तो फोम, काठ, रबर, मोटर व्याट्रीको नै प्रयोग भएको छ ।


बालवैज्ञानिकको रुपमा आफूलाई चर्चित बनाउदै आएका पौडेलले आपूmले आविस्कार गरेका सामाग्रीहरुको विभिन्न संघ, संस्था कार्यालय तथा प्रदर्शनी स्थलहरुमा प्रदर्शनी गरेका छन् भने विभिन्न संघ संस्थाहरु बाट पुरस्कृत र सम्मानित समेत भईसकेका छन् । उनले आफ्नो विद्यालयदेखि लिएर विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान खुमलटार, ललितपुर लगायतका स्थानहरुमा आविस्कार गरेका सामाग्रीहरुको प्रदर्शनी गरिसकेका छन् ।


बालवैज्ञानिक पौडेलले पनि भन्छन् ‘सवैको साथ र सहयोग भयो भने मैले मेरो सफल वैज्ञानिक बन्ने सपना पुरा गर्ने र यो देशको नाम राख्ने छु ।’ उनी शमी युवा प्रोत्साहन पुरस्कार २०७३ बाट सम्मानित भैसकेका छन् भने अन्य संघसंस्थाले पनि उनलाई सम्मान गरिसकेको छ ।


मेधावी विद्यार्थी पौडेलको कार्यलाई सवैले प्रशंसा गरेपनि राज्यस्तरबाट आवश्यक चासो दिने र सहयोग गर्ने काम भने नभएकोमा उनका बाबु आनन्द पौडेलको गुनासो छ । उनी  जिल्लाको कुश्मा नगरपालिका ४ खुर्कोट घर भई सोही स्थानको हिमालाय उमाविको कक्षा ९ मा अध्ययनरत रहेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा