भदौ १०, काठमाडौँ | के तपाईलाई आज फेसबुक चलाउँदा केहि समस्या भयो ? यदी त्यसो हो भने नआत्तिनुहोस, आज केहीबेर केहि घण्टा अघिदेखि फेसबुकमा समस्या आएको छ । 

आ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १०, काठमाडौँ | के तपाईलाई आज फेसबुक चलाउँदा केहि समस्या भयो ? यदी त्यसो हो भने नआत्तिनुहोस, आज केहीबेर केहि घण्टा अघिदेखि फेसबुकमा समस्या आएको छ । 

आ"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकाएक फेसबुकमा समस्या देखिएपछी लाखौँ प्रयोगकर्ता आत्तिए !

१० भाद्र २०७४, शनिबार १६:०८

भदौ १०, काठमाडौँ | के तपाईलाई आज फेसबुक चलाउँदा केहि समस्या भयो ? यदी त्यसो हो भने नआत्तिनुहोस, आज केहीबेर केहि घण्टा अघिदेखि फेसबुकमा समस्या आएको छ । 

आज बिहानदेखि नै एकाएक कसैको फेसबुक नै नखुल्ने, कसैको स्टाटस नै पोष्ट गर्न नमिल्ने त कतै ब्राउजरमै फेसबुक खोल्दा बिभिन्न Error को समस्या देखियो । मोबाइल मार्फत फेसबुक चलाउने प्रयोगकर्ताहरुले समेत यस बिषयमा गुनाशो गरेका छन् । त्यसो त अर्को सामाजिक संजाल ट्वीटरको वर्ल्ड ट्रेन्डमा #FACEBOOKDOWAN तेश्रो नम्बरमा ट्रेन्ड भएको छ । 

त्यस्तै डेस्कटप तथा ल्यापटप चलाउनेहरु आफ्नो फेसबुकमा एकाएक  समस्या आएपछी आत्तिए । धेरै सोसियल मिडिया प्रयोगकर्ताहरुले सहजै फेसबुक लग इन नभएको र आ-आफ्नो वेबसाइट फेसबुक नखुलेको गुनासो गरे । डाउन डीडेकटरले हजारौं फेसबुक प्रयोगकर्ताहरुले शनिबार बिहानदेखि सहजै फेसबुक लग इन गर्न नसकेको गुनाशो गरेका छन् । आज विश्वभरका ४० प्रतिशत भन्दा बढी प्रयोगकर्ताले फेसबुकको समस्याबारे गुनाशो गरेका छन् । 

करिब आठ हजार इन्स्टाग्राम प्रयोगकर्ताले डाउन डीडेकटरलाई रिपोर्ट गरेअनुसार ४४ प्रतिशतले न्युज फिडमा समस्या भोगेका थिए भने २८ प्रतिशतले लग इन समस्या रहेको बताए । 

फेसबुक डाउन भएको बारे फेसबुकले आफ्नो औपचारिक धारणा सार्वजनिक गरिसकेको भने छैन । तर ट्वीटरमा भने फेसबुक डाउन ट्रेन्डीङ भएको छ । फेसबुकमा समस्या देखिएपछी आफ्नो एकाउन्टमा समस्या भएको भन्दै प्रयोगकर्ता आत्तिएका छन् । युरोप, अमेरिका, ब्राजिल, अष्ट्रेलिया, नेपाल, भारत लगायत विश्वका अधिकांश प्रयोगकर्ताले लगइनको समस्या भोगेको डाउन डीडेकटरको रिपोर्टमा उल्लेख छ।  

फेसबुकले केहि प्रयोगकर्तालाई भने फेसबुकले मेन्टेनेन्सका लागि फेसबुक डाउन गरेको र केहि समयमै फेसबुकको समस्या समाधान हुने संदेश पठाएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै