२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामसुङले ग्यालेक्सी ए नाइन एस ल्याउँदै, क्यामेरानै ४ वटा (यस्ता छन् विशेषता)

७ कार्तिक २०७५, बुधबार १६:३२

कात्तिक ७, एजेन्सी | सामसुङले आफ्ना ग्यालेक्सी ए सिरिजको नयाँ फ्याब्लेट लञ्च गर्दैछ । अक्टोबर २४ बुधबार चीनमा एक विशेष कार्यक्रमबीच सामसुङले ग्यालेक्सी ए नाइन एस सार्वजनिक गर्न लागेको हो ।

सामसुङले जारी गरेको एक आधिकारिक पोष्टरअनुसार ग्यालेक्सी ए नाइन एस लञ्च गर्न चीनको शियानमा विशेष समारोहको आयोजना गरिनेछ ।

ग्यालेक्सी ए नाइन एस सामसुङको यस्तो पहिलो स्मार्टफोन हुनेछ, जसमा चारवटा रियर क्यामरा हुनेछन् ।

स्मरण रहोस् सामसुङले आफ्नो ग्यालेकसी ए नाइन स्मार्टफोन केही अघि भारतमा लञ्च गरेको थियो ।

के के छन् फिचर्स ?

चीनमा सार्वजनिक गरिने ग्यालेक्सी ए नाइन एसमा ६.३ इन्चको सुपर एमोलेड स्क्रिन हुनेछ । यसमा १०८० गुणा २२२० पिक्सेल रिजोलुसन रहनेछ ।

स्मार्टफोनमा २.२ गिगाहर्ज अक्टाकोर क्वालकोम स्न्यापड्रागन ६६० प्रोसेसर रहनेछ भने एन्ड्रोइड ८.१ ओरियो अपरेटिङ सिस्टमबाट चल्नेछ ।

कम्पनीले ए नाइन एसका ८ तथा ६ जिबी र्याम भएका दुईवटा मोडेल ल्याउँदैछ । दुबैमा इन्टर्नल स्टोरेज १२८ जिबी छ भने त्यसलाई माइक्रो एसडी कार्डबाट ५१२ जिबीसम्म बढाउन सकिन्छ ।

क्यामराको कुरा गर्दा यसमा निकै नै उत्कृष्ट सेल्फी क्यामरा छ । फ्रन्ट क्यामरा २४ मेगापिक्सेलको छ ।

ब्याक अर्थात् रियर क्यामरा झनै विशेष छ । किनकी मुख्य क्यामरा नै चारवटा रहेका छन् । त्यसमा एउटा २४ मेगापिक्सेल प्राइमरी सेन्सर, दोश्रो १० मेगापिक्सेलको २ गुणा अप्टिकल जूमवाला टेलिफोटो क्यामरा, तेश्रो ८ मेगापिक्सेल अल्ट्रा वाइड लेन्स र चौथो ५ मेगापिक्सेल डेप्थ लेन्सयुक्त क्यामरा रहेका छन् । 


यो स्मार्टफोनको पछाडिको भागमा फिंगरप्रिन्ट रिडर रहेको छ । यसलाई सुरक्षाको दृष्टिले निकै नै प्रभावकारी मानिएको छ । यसमा ३८०० मिली एम्पियर आवर क्षमताको ब्याट्री छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा