२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामसुङले ग्यालेक्सी ए नाइन एस ल्याउँदै, क्यामेरानै ४ वटा (यस्ता छन् विशेषता)

२०७५, ७ कार्तिक बुधबार १६:३२

कात्तिक ७, एजेन्सी | सामसुङले आफ्ना ग्यालेक्सी ए सिरिजको नयाँ फ्याब्लेट लञ्च गर्दैछ । अक्टोबर २४ बुधबार चीनमा एक विशेष कार्यक्रमबीच सामसुङले ग्यालेक्सी ए नाइन एस सार्वजनिक गर्न लागेको हो ।

सामसुङले जारी गरेको एक आधिकारिक पोष्टरअनुसार ग्यालेक्सी ए नाइन एस लञ्च गर्न चीनको शियानमा विशेष समारोहको आयोजना गरिनेछ ।

ग्यालेक्सी ए नाइन एस सामसुङको यस्तो पहिलो स्मार्टफोन हुनेछ, जसमा चारवटा रियर क्यामरा हुनेछन् ।

स्मरण रहोस् सामसुङले आफ्नो ग्यालेकसी ए नाइन स्मार्टफोन केही अघि भारतमा लञ्च गरेको थियो ।

के के छन् फिचर्स ?

चीनमा सार्वजनिक गरिने ग्यालेक्सी ए नाइन एसमा ६.३ इन्चको सुपर एमोलेड स्क्रिन हुनेछ । यसमा १०८० गुणा २२२० पिक्सेल रिजोलुसन रहनेछ ।

स्मार्टफोनमा २.२ गिगाहर्ज अक्टाकोर क्वालकोम स्न्यापड्रागन ६६० प्रोसेसर रहनेछ भने एन्ड्रोइड ८.१ ओरियो अपरेटिङ सिस्टमबाट चल्नेछ ।

कम्पनीले ए नाइन एसका ८ तथा ६ जिबी र्याम भएका दुईवटा मोडेल ल्याउँदैछ । दुबैमा इन्टर्नल स्टोरेज १२८ जिबी छ भने त्यसलाई माइक्रो एसडी कार्डबाट ५१२ जिबीसम्म बढाउन सकिन्छ ।

क्यामराको कुरा गर्दा यसमा निकै नै उत्कृष्ट सेल्फी क्यामरा छ । फ्रन्ट क्यामरा २४ मेगापिक्सेलको छ ।

ब्याक अर्थात् रियर क्यामरा झनै विशेष छ । किनकी मुख्य क्यामरा नै चारवटा रहेका छन् । त्यसमा एउटा २४ मेगापिक्सेल प्राइमरी सेन्सर, दोश्रो १० मेगापिक्सेलको २ गुणा अप्टिकल जूमवाला टेलिफोटो क्यामरा, तेश्रो ८ मेगापिक्सेल अल्ट्रा वाइड लेन्स र चौथो ५ मेगापिक्सेल डेप्थ लेन्सयुक्त क्यामरा रहेका छन् । 


यो स्मार्टफोनको पछाडिको भागमा फिंगरप्रिन्ट रिडर रहेको छ । यसलाई सुरक्षाको दृष्टिले निकै नै प्रभावकारी मानिएको छ । यसमा ३८०० मिली एम्पियर आवर क्षमताको ब्याट्री छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा