२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

‘कालो पोथि’ ले कर्णालीको यथार्थता झल्कायो “कर्णालीबासि”

२०७३, ९ श्रावण आईतवार ०३:०४

नन्दराम जैशी | साउन ९, जुम्ला | विश्व चर्चित नेपाली कथानक चलचित्र ‘कालो पोथि’ दर्शकको अत्यन्तै मन जित्न सफल भएको छ । चलचित्र ‘कालो पोथि’ ले कर्णालीको यथार्थता झल्काएको भन्दै चलचित्रले आफ्नो मन जित्न सफल भएको दर्शकहरु बताउछन् । विगत दुइ हप्तादेखि प्रत्येक शनिबार जुम्लामा प्रर्दशन भैरहेको चलचित्र हेरीसकेपछि जुम्लाबासिले यस्तो प्रतिक्रिया दिएका हुन् ।

इतिहाँसदेखि कर्णालीले भोग्दै आएको समस्या तथा कर्णालीको भाषा, संस्कृति सहित कर्णालीको भौगोलिक विविधताको बिषयमा चलचित्रले यथार्थता झल्काएको दर्शकहरुले बताएका छन् । चलचित्रमा समेटिएका बिषयबस्तु तथा कथा अत्यन्तै सान्र्दभिक रहेको दर्शक महेश शाहिले बताए ।

हुन त, चलचित्र ‘कालो पोथि’ नेपालको माओवादी जनयुद्धमा आधारित दुई बालकको कथा हो । जुन १ घण्टा ३० मिनटको रहेको छ । जनयुद्धमा आधारित भएता पनि यस चलचित्रले कुनै राजनीतिक बिचार भावनाको पछ्य लिएको पाइदैन । खष भाषामा निर्माण गरीएको चलचित्र कर्णालीको बास्तविक कथामा आधारीत भएकाले पनि दर्शकहरुले धेरै मन पराएका छन् ।

चलचित्रलाई मुगुका मिन बहादुर भामले निर्देशन गर्नु भएको छ । भने उक्त चलचित्रलाई फ्रेन्च, जर्मन, ईटाली, कोरीयन, जापानीज, चाईनिज लगाएतका भाषाहरुमा स्वटाईटल गरीएको छ । उक्त चलचित्रले विभिन्न फिल्म महोत्सबहरुमा सहभागी भएर अवार्डहरु पनि जितीसकेको छ । चलचित्रमा मुगुका शुक्रराज रोकाय र खड्ग नेपालीले मुख्य पात्रको रुपमा र अन्य कलाकारहरुले पनि अभिनय गरेका छन् ।

चलचित्रका लीड कलाकार शुक्रराज रोकायले सुटिङको दौरानमा सुरुमा असजिलो भए पनि पछि विस्तारै सबैसँगको घुलमिलपछि सजिलो भएको बताए । संभव भएसम्म आगामी दिनहरुमा कर्णालीका अन्य बिषयबस्तुमा आधारीत चलचित्र निर्माण गरीने निर्माता टोलिका एक सदस्य अनुप थापाले बताए । ‘कालो पोथि’ले कालो कर्णालीको बास्तविक भोगाइ उजागर गर्न खाजेको भन्दै यस्ता चलचित्र मार्फत कर्णालीका समस्या समाधानका लागि राज्यलाइ झकझकाउन आवाश्यक रहेको थापाको भनाइ छ ।

‘कालो पोथि’ प्रति दर्शकको प्रतिक्रिमा खुसि ब्यक्त गर्दै आगामि दिनमा पनि निर्माण गरीने सबै मुभिहरु दर्शकले रुचाउने उनको दावि छ । हाल ‘कालो पोथि’ बिश्वका ३४ भन्दा बढि देशमा प्रदर्शन भैरहनुका साथै नेपालमा जेष्ठ २१ बाट देशै भरी प्रदर्शन भएको छ, भने जुम्लामा पनि उक्त चलचित्र हरेक शनिबार संचालन हुदै आएको छ ।         

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी