२० माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अर्थतन्त्र समस्यामा पर्दा विवाद निम्तिनु प्रत्युत्पादक : उद्योग संगठन मोरङ

२७ चैत्र २०७८, आईतवार ०९:०८

चैत्र २७,काठमाडौँ | उद्योग संगठन मोरङले अर्थतन्त्र संकटोन्मुख भइरहँदा नियमनकारी निकायबीच समन्वय खल्बलिएकोप्रति चिन्ता व्यक्त गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले निलम्बन गरेपछि संगठनले अर्थतन्त्र थप जटिल हुनेतर्फ चिन्ता व्यक्त गर्दै विज्ञप्ति जारी गरेको हो ।

लामो समयदेखि वित्तीय क्षेत्रमा तरलता अभाव, बढ्दो ब्याजदर तथा युक्रेन–रूस द्वन्द्वबाट अन्तराष्ट्रिय बजारमा भएको मूल्यवृद्धि जस्ता आन्तरिक एवम् बाह्य परिस्थितिजन्य कारणहरूले गर्दा मुलुकको समग्र अर्थतन्त्रका सूचकहरू संकटको दिशामा उन्मुख भएको संगठनले विज्ञप्तिमा उल्लेख गरेको छ ।

यस्तो बेला नेपाल सरकार, अर्थ मन्त्रालय एवम् नेपाल राष्ट्र बैंक लगायतले निजी क्षेत्र समेतलाई विश्वासमा लिई निकास दिनुपर्नेमा मूख्य संस्थाहरूबीच समन्वय अभाव हुँदा अर्थतन्त्र थप जटिलतातर्फ जानसक्ने चिन्ता संगठनले व्यक्त गरेको हो । तरलता व्यवस्थापन, वैदेशिक मुद्रा सञ्चिति तथा आयात निर्यात सहजीकरण निम्ति नीतिगत र नियमनकारी निकायबीच प्रभावकारी समन्वय हुनुपर्नेमा असमञ्जस्य तथा अविश्वासको वातावरण निम्तिनुलाई संगठनले दुःखद भनेको छ ।

हाल निम्तिएको असमझदारीले अन्तराष्ट्रिय जगतमा नकारात्मक सन्देश जाने र नेपालले गर्ने अन्तराष्ट्रिय व्यापारमा समेत असर पर्नेतर्फ बेलैमा सचेत भई उपयुक्त कदमहरू चाल्न संगठनले सरकारलाई आग्रह गरेको छ । संकटोन्मुख अर्थतन्त्रलाई सही ठाउँमा ल्याउन निजी क्षेत्रका तर्फबाट गर्नुपर्ने सहयोगका लागि तयार रहेको पनि संगठनले विज्ञप्तिमा उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा