२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अर्थतन्त्र समस्यामा पर्दा विवाद निम्तिनु प्रत्युत्पादक : उद्योग संगठन मोरङ

२७ चैत्र २०७८, आईतवार ०९:०८

चैत्र २७,काठमाडौँ | उद्योग संगठन मोरङले अर्थतन्त्र संकटोन्मुख भइरहँदा नियमनकारी निकायबीच समन्वय खल्बलिएकोप्रति चिन्ता व्यक्त गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले निलम्बन गरेपछि संगठनले अर्थतन्त्र थप जटिल हुनेतर्फ चिन्ता व्यक्त गर्दै विज्ञप्ति जारी गरेको हो ।

लामो समयदेखि वित्तीय क्षेत्रमा तरलता अभाव, बढ्दो ब्याजदर तथा युक्रेन–रूस द्वन्द्वबाट अन्तराष्ट्रिय बजारमा भएको मूल्यवृद्धि जस्ता आन्तरिक एवम् बाह्य परिस्थितिजन्य कारणहरूले गर्दा मुलुकको समग्र अर्थतन्त्रका सूचकहरू संकटको दिशामा उन्मुख भएको संगठनले विज्ञप्तिमा उल्लेख गरेको छ ।

यस्तो बेला नेपाल सरकार, अर्थ मन्त्रालय एवम् नेपाल राष्ट्र बैंक लगायतले निजी क्षेत्र समेतलाई विश्वासमा लिई निकास दिनुपर्नेमा मूख्य संस्थाहरूबीच समन्वय अभाव हुँदा अर्थतन्त्र थप जटिलतातर्फ जानसक्ने चिन्ता संगठनले व्यक्त गरेको हो । तरलता व्यवस्थापन, वैदेशिक मुद्रा सञ्चिति तथा आयात निर्यात सहजीकरण निम्ति नीतिगत र नियमनकारी निकायबीच प्रभावकारी समन्वय हुनुपर्नेमा असमञ्जस्य तथा अविश्वासको वातावरण निम्तिनुलाई संगठनले दुःखद भनेको छ ।

हाल निम्तिएको असमझदारीले अन्तराष्ट्रिय जगतमा नकारात्मक सन्देश जाने र नेपालले गर्ने अन्तराष्ट्रिय व्यापारमा समेत असर पर्नेतर्फ बेलैमा सचेत भई उपयुक्त कदमहरू चाल्न संगठनले सरकारलाई आग्रह गरेको छ । संकटोन्मुख अर्थतन्त्रलाई सही ठाउँमा ल्याउन निजी क्षेत्रका तर्फबाट गर्नुपर्ने सहयोगका लागि तयार रहेको पनि संगठनले विज्ञप्तिमा उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली