२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

३४ युट्युब च्यानल साइबर ब्युरोमा

२०७९, १७ भाद्र शुक्रबार १५:०८

भदौ १७, काठमाडौँ । प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने एक युट्युब च्यानललाई कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)लाई सिफारिस गरेको छ । काउन्सिलले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सद्भाव बिथोल्ने, जातिय एवं धार्मिक सहिष्णुता खल्बलाउने किसिमका सामग्रीहरू सम्प्रेषण गर्ने Birgorkhali (वीरगोर्खाली) नामक युट्युब च्यानललाई अनुसन्धान गरी आवश्यक कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)लाई सिफारिस गरेको जनाएको हो ।

उक्त च्यानलले केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीसहितलाई आधारहीन आरोप र गालीगलौज सहितको सामग्री सम्प्रेषण गरेको थियो । ‘बाफ्रे नेता देशको कत्ति सत्रु, मरेपछि पनि भ्रष्टाचार गरिरहने योजना’ शीर्षकमा अधिकांश राजनीतिक दलका नेताहरूलाई गालीगलौज गरी घृणास्पद अभिव्यक्ति/सामग्री राखेको उक्त युट्युब च्यानल कारबाहीमा परेको हो । नियमित समाचारजन्य सामग्री सम्प्रेषण गरेपनि उक्त युट्युब च्यानल समाचार माध्यमका रूपमा कतै दर्ता नभएको काउन्सिलका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा जनाएको छ ।

स्वअनुगमनका क्रममा युट्युबमा प्रसारित सामग्रीमा प्रस्तुतर्कताले आफ्नो व्यक्तिगत धारणा राख्दै प्रायोजित ढङ्गबाट प्रश्न गरेको, राजनीतिक दलका नेताहरूको व्यक्तिगत मानमर्दन हुनेगरी नाम उल्लेख गरी उत्तेजित बनाउने खालका प्रश्नहरू राखेको देखिएको हुँदा कारबाहीका लागि साइबर ब्युरोलाई नै सिफारिस गर्नुपरेको काउन्सिलका सूचना अधिकारी बोहराले बताउनुभयो ।

काउन्सिलले पछिल्लो एक वर्षमा कुनै मिडियाअन्तर्गत आबद्ध नभएका पेसागत मर्यादाविपरीत सामग्री सम्प्रेषण गर्ने ३४ युट्युब च्यानललाई अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)मा सिफारिस गरेको जनाएको छ । दर्ता भएर सञ्चालनमा रहेका १४ वटा युट्युब च्यानललाई आचारसंहिताबमोजिम कारबाही गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

काउन्सिलले पत्रकारिताका मूल्य र मान्यताविपरित, गलत, समाजमा उत्तेजना/अफवाह फैलाउने, सामाजिक सद्भाव बिगार्ने, अन्तराष्ट्रिय समझदारी र मित्रराष्ट्रबिच भाइचाराको सम्बन्धमा खलल पुर्याउने, अदालतमा विचारधीन अवस्थामा रहेका विषय न्यायिक निरुपणमा प्रभाव पार्ने, वैयक्तिक गोपनियता प्रतिकूल, पीडितलाई थप पीडा पुग्ने खालका सामग्री सम्प्रेषण भएका युट्युब च्यानल कारबाहीमा परेको प्रष्ट पारेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा