१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक सेकेन्डमा फुल चार्ज हुनेछ फोन ?

२० भाद्र २०७९, सोमबार ०७:०४

भदौ १९, काठमाडौँ | कुनै स्मार्टफोन चार्ज हुन कति समय लाग्छ ? यस्ता थुप्रै फोन बजारमा आइसकेका छन् जुन पाँच मिनेटमा चार्ज भएर ५ घण्टासम्म चलाउन सकिन्छ । यी फोन फूल चार्ज हुन लगभग आधा घण्टाको समय लाग्छ । यस्तै केही यस्तो पनि प्रविधिमा काम चलिरहेको छ जसले मात्र एक सेकेन्डमा तपाईंको फोन फुल चार्ज गर्नसक्छ ।


ओप्पोको चार्जिङ टेक्नोलोजीलाई मान्ने हो भने भविष्यमा हाम्रो स्मार्टफोन एक सेकेन्डमा नै चार्ज हुन सक्छ । जिरोबाट शत प्रतिशत चार्ज हुन एक सेकेन्डको मात्रै समय लाग्नेछ । एडवार्ड टियानले यो जानकारी एक अन्तरवार्तामा दिएका हुन् ।

ओपोका एक्जिक्युटिभले के भने ?

अन्तरवार्ताका क्रममा उनले भने, ‘हामी यस्तो अवस्थामा छौँ जहाँ तपाईंको स्मार्टफोन १५ मिनेटमा चार्ज हुनसक्छ । यदि तपाईंसँग १५० वाटको चार्जर छ भने तपाईं निकै सजिलै आफ्नो फोन १५ मिनेटमा चार्ज गर्न सक्नुहुन्छ ।’

ओपोको सहयोगी कम्पनी रियलमीको फोन जीटी नियो थ्रीलाई तपाईं ५ मिनेटमा ५० प्रतिशतसम्म चार्ज गर्न सक्नुहुन्छ । केही वर्ष अघिसम्म यस्तो खालको अंक हाम्रो पहुँच बाहिरको देखिन्थे । अब हामी जहाँ छौँ त्यहाँबाट हेर्दा यस्तो लाग्छ कि चार्जिङ टेक्नोलोजीका लागि कुनै सीमा छैन ।

के फास्ट चार्जिङ सहज छैन ?

एडवार्ड टियानले भने, ‘फास्ट चार्जिङको टेक्निकल इन्जिनियरको रुपमा मेरो काम समयसीमा तोड्नु हो । हामी त्यो दिनसम्म अनुसन्धान गरिरहनेछौँ जबसम्म हामी फोनलाई एक सेकेन्डमा फूल चार्ज हुने बनाउँदैनौँ ।’

यो अहिले नै सम्भव हुने छैन । ओपोले तुरुन्त यस्तो गर्ने छैन । कम्पनीले यसलाई एक सम्भावनाको रुपमा हेर्छ । यसका लागि कम्पनीले लामो यात्रा निश्चित गर्नुपर्नेछ । एडवार्ड टियानले यहाँसम्म पुग्न सहज नभएको बताउँछन् ।

उनका अनुसार फास्ट चार्जिङको चार्जिङ स्पिड बढाउनु चुनौती होइन, प्रयोगकर्तालाई उत्कृष्ट चार्जिङ अनुभव प्रदान गर्नु चुनौती हुन्छ । यसमा सुरक्षा, चार्जिङ टेम्परेचर, ब्याट्री सेलको डेन्सिटी, ब्याट्रीको लाइफ स्प्यामजस्ता विभिन्न चिजको ख्याल राख्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट