२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम चलाउन पैसा तिर्नुपर्ने !

२०७९, २० भाद्र सोमबार ०७:३१

भदौ १९, काठमाडौँ | मेटाले पैसा तिरेर फेसबुक र इन्स्टाग्राम चलाउने फिचर ल्याउने भएकाे छ । त्यसका लागि कम्पनीले एक छुट्टै समूह नै तयार पारेको छ ।

उक्त समूहले आफ्नाे प्लेटफर्ममा प्रयोगकर्ताले पैसा तिरेर प्रयोग गर्नसक्ने सेवा र फिचरको पहिचान तथा निर्माण गर्नेछ । पछिल्लो समय घट्दो आम्दानीलाई लिएर कम्पनीले यो कदम चालेको बताइएको छ ।


सोसल मिडिया दिग्गज कम्पनी मेटाले कम्पनीमा एक नयाँ संरचना खडा गर्दैछ जसको काम फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएपमा सशुल्क फिचरका लागि काम गर्नु हुनेछ । उक्त शाखाको प्रमुखमा प्रतिति राय चौधरी हुनेछिन् जो यसअघि मेटाको अनुसन्धान विभाग प्रमुख भैसकेकी छिन् ।

स्मरण रहोस् ट्विटर तथा स्नापच्याट जस्ता सोसल मिडिया प्लाटफर्महरुमा यसअघि नै सशुल्क सेवा अर्थात् पेड सर्भिस उपलब्ध छन् । ट्विटरको सशुल्क भर्सनलाई ट्विटर ब्लु भनिन्छ भने स्नापच्याटमा पनि स्नापच्याट प्लस फिचर उपलब्ध छ ।

ट्विटर ब्लु तथा स्नापच्याट प्लसमा प्रयोगकर्ताले आम प्रयोगकर्ताले भन्दा विभिन्न नयाँ तथा विशेष फिचरहरु प्रयोग गर्न पाउँदछन् । ट्विटर ब्लु प्रयोगकर्तालाई हालैमात्र इडिट बटन उपलब्ध गराइएको छ ।

द भर्जका अनुसार मेटाले एक नयाँ महाशाखा खडा गरिरहेको छ जसको नाम New Monetization Experiences हो । यो महाशाखाले फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएपका लागि सशुल्क फिचर्समा केन्द्रित भएर काम गर्नेछ ।

मेटा कम्पनीको आन्तरिक सञ्चारपत्रको हवाला दिँदै द भर्जले उक्त खुलासा गरेको छ । यद्यपि, फेसबुकमा सशुल्क फिचर्सको चर्चा सुरु भएको यो पहिलोपटक भने होइन । यसअघि पनि विभिन्न समयमा यस्ता चर्चा चल्ने गरेका थिए ।

समाचार अनुसार मेटा कम्पनी आफ्नो विज्ञापनको व्यापार बढाउनमा लागेको छ । त्यसैले सशुल्क प्रयोगकर्ताका लागि मात्र विज्ञापनमुक्त सेवा दिने उसको योजना नभएको मेटाका विज्ञापन तथा व्यवसाय प्रडक्ट भिागका प्रमुख जोन हेगेम्यानले एक अन्तरवार्तामा बताएका छन् ।

स्मरण रहोस् स्नापच्याट, ट्विटर तथा फेसबुक जस्ता कम्पनीको आम्दानीको अधिकांस हिस्सा डिजिटल विज्ञापनहरुबाट आउँदछ । पेड फिचरका माध्यमबाट कम्पनीलाई विज्ञापन विना पनि आम्दानी हुने एक अर्को विकल्प प्राप्त हुनेछ जुन ट्विटर तथा स्नापच्याटले उपयोग गरिरहेका छन् ।

ट्विटरको सब्सक्रिप्सन प्रडक्ट अर्थात् ट्विटर ब्लुका लागि प्रयोगकर्ताले मासिक ४.९९ डलर तिर्नुपर्दछ भने स्नापच्याटले पनि सब्सक्रिप्सन सर्भिस हालै सार्वजनिक गरेको छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा