१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आईफोन १४ सिरिज सार्वजनिक,स्याटलाइट फोनको सुबिधा ! यस्ता छन् मोडेल र मूल्य

२३ भाद्र २०७९, बिहीबार ०८:३९

भदौ २३, काठमाडौँ | एप्पलले बहुप्रतिक्षित आईफोन १४ सार्वजनिक गरेको छ ।

एप्पलले नेपाली समयअनुसार हिजो ( बुधबार ) राती आइफोन १४, एप्पल वाच र एयरपड्सका नयाँ मोडल सार्वजनिक गरेको हो । हिजो राती क्यालिफोर्नियास्थित एप्पलको मुख्यालयबाट भर्चुअल रूपमा प्रोडक्ट लन्च गरिएको हो । एप्पलले चार मोडल सार्वजनिक गरेको हो । आईफोन १४, आईफोन १४ प्लस, आईफोन १४ प्रो र आइफोन १४ प्रो म्याक्स हुन ।


कम्पनीले अन्य सिरिज जस्तो आईफोन १४ सिरिजको डिजाइनमा पनि कुनै परिवर्तन गरेको छैन । यसमा पहिलेको सिरिज जस्तै पछाडिको भागमा ग्लास, धातुको किनारा र दुईदेखि तीन ओटासम्म रियर क्यामेरा रहेका छन् । आइफोन १४ मा इमर्जेन्सी एसओएस भिया ( स्याटलाइट ) सुविधा राखिएको छ । यसले फोन नलाग्ने र डाटा पनि नचल्ने अनकन्टार ठाउमा सञ्चारको सुविधा दिने कम्पनी ले जनाएको छ ।

यसले गर्दा नेपाल मा विकट ठाउँमा जहाँ टावर नहुदा स्याटेलाइट को माध्यम बाट कुराकानी वा ईन्टरनेट चलाउन सकिन्छ । यसका साथै, आइफोन १४ मा क्र्यास डिटेक्सन फिचर पनि समावेश छ । यो भनेको सवारी दूर्घटना भएमा यसबारे सुरक्षा निकाय वा उद्धारकर्तालाई स्वतः सूचना जाने सुविधा हो । यसले उद्दार कार्यमा सघाउने अपेक्षा गरिएको छ ।

आइफोन १४ को मूल्य ७९९ डलर (हालको विनिमय दरअनुसार १ लाख १ हजार रुपैयाँ), आइफोन १४ प्लसको ८९९ डलर (१ लाख १४ हजार), आइफोन १४ प्रोको ९९९ डलर (१ लाख २७ हजार) र आइफोन १४ प्रो म्याक्सको १०९९ डलर (१ लाख ४० हजार रुपैयाँ) तोकिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट