भदौ ३०, काठमाडौँ | के तपाईंको फोनमा आज ”यो मोबाइल एमडीएमएस प्रणालीमा दर्ता भएको छ ।” भन्ने मेसेज आयो ? यदि छ भने ढुक्क हुनुहोस् । तपाईंलाई मात्र होइन नेपाल दूरसञ्चार प्राधिकरणले आज बिहीबार नेपालमा भएका सम्पूर्ण फोनमा यस्तै मेसेज पठाइरहेको छ ।<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३०, काठमाडौँ | के तपाईंको फोनमा आज ”यो मोबाइल एमडीएमएस प्रणालीमा दर्ता भएको छ ।” भन्ने मेसेज आयो ? यदि छ भने ढुक्क हुनुहोस् । तपाईंलाई मात्र होइन नेपाल दूरसञ्चार प्राधिकरणले आज बिहीबार नेपालमा भएका सम्पूर्ण फोनमा यस्तै मेसेज पठाइरहेको छ ।<"/>
१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन आइरहेको छ “यो मोबाइल एमडीएमएस प्रणालीमा दर्ता भएको छ” भन्ने मेसेज ?

३० भाद्र २०७९, बिहीबार १२:०३

भदौ ३०, काठमाडौँ | के तपाईंको फोनमा आज ”यो मोबाइल एमडीएमएस प्रणालीमा दर्ता भएको छ ।” भन्ने मेसेज आयो ? यदि छ भने ढुक्क हुनुहोस् । तपाईंलाई मात्र होइन नेपाल दूरसञ्चार प्राधिकरणले आज बिहीबार नेपालमा भएका सम्पूर्ण फोनमा यस्तै मेसेज पठाइरहेको छ ।

कतिपय फोनमा एमडीएमएम प्रणालीमा फोन दर्ता भएको मेसेज गएको छ भने कतिपयमा हालसम्म पनि नगएको हुनसक्छ । आखिर किन आज फोनमा यस्तो मेसेज आएको होला? यस्तो मेसेज नआउँदा मोबाइल के हुन्छ त ?  

लामो समयपछि अन्ततः नेपाल दूरसञ्चार प्राधिकरणले आज बिहीबारबाट नेपालमा मोबाइल डिभाइस मेनेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली आधिकारिक रूपमा सुरुवात गरेको छ । यो प्रणाली लागू भएसँगै नेपाल दूरसञ्चार प्राधिकरणमा आईएमईआई नम्बर दर्ता भएका फोन बाहेक अन्य फोनमा सिम सपोर्ट गर्दैन ।


यसको अर्थ तपाईंले आजबाट कुनै पनि फोन नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणालीमा दर्ता नगरी प्रयोग (सिमबाट फोन गर्न, एसएमएस पठाउन वा इन्टरनेट चलाउन) गर्न सक्नुहुन्न । 

तपाईंको मोबाइलमा आएको मेसेजको अर्थ भने तपाईंको फोन एमडीएमएस प्रणालीमा दर्ता भइसकेको छ भन्ने जानकारी हो ।यदि हालसम्म आएको छैन भने पनि चिन्ता नलिनुहोस् । उक्त फोन पनि दर्ता भइसकेको छ वा दर्ता हुने प्रक्रियामा छ । यदि तपाईंको फोन आज (२०७९ भाद्र ३०) भन्दा अघि खरिद गर्नु भएको थियो वा बाहिरबाट ल्याउनु भएको थियो भने ति सबै फोन स्वतः एमडीएमएस प्रणालीमा दर्ता भएका छन् ।

अब भाद्र ३० पछि बाहिरबाट ल्याएको फोनको अवस्था के हुन्छ भन्ने धेरैको जिज्ञासा हुनसक्छ । त्यसका लागि पनि दूरसञ्चार प्राधिकरणले अर्को नीति ल्याएको छ । जसअन्तर्गत फोन बाहिरबाट आएको १५ दिनभित्र एमडीएमएसमा दर्ता गरिसक्नु पर्ने हुन्छ । यदि सो समयावधिभित्र दर्ता नभएको खण्डमा भने दूरसञ्चार प्राधिकरणले उक्त फोन रेडलिस्टमा राख्छ । रेडलिस्टमा परेसँग उक्त फोनले नेपालकाे कुनै पनि नेटवर्क सपोर्ट गर्दैन् ।

यसको अर्थ उक्त फोनमा नेपालको कुनै पनि सिम सपोर्ट हुने छैनन् । यसअघि फोन बाहिरबाट ल्याउनु भएको छ भने कुनै किसिमको दर्ताको काम गर्नु पर्दैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट