२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्मार्टफोन पड्किँदा मृत्यु ! कतै तपाईंले पनि गर्नुहुन्नँ यस्ता गल्ती ?

२०७९, ३१ भाद्र शुक्रबार ०७:४१

भदौ ३१, काठमाडौँ | मोबाइल फोनले हाम्रो जीवनमा थुप्रै परिवर्तन ल्याइदिएको छ तर यो कतिपय अवस्थामा निकै खतरनाक पनि हुनसक्छन् । हालै, भारतको उत्तर प्रदेशको बरेलीमा फोन पड्किँदा ८ महिनाकी बालिकाको मृत्यु भएको खबर प्राप्त भएको छ । पीडित परिवारका अनुसार फोन सोलार प्यानलमार्फत् चार्ज गरिँदै थियो ।


अत्यधिक तातेका कारण फोनमा आगलागी भयो र यसको चपेटामा आउँदा बालिका जलिन् । यो पहिलो घटना भने होइन । मोबाइल पड्किएर मृत्यु भएको यो पहिलो घटना भने होइन । यस्ता थुप्रै स्थिति छन्, जतिबेला स्मार्टफोन प्रयोग गर्नु निकै खतरनाक हुनसक्छ । स्मार्टफोन उत्पादक कम्पनीले फोन तात्ने स्थितिलाई विशेष ध्यान दिन्छन् । त्यसो भए यस्ता घटना किन हुन्छन् ?

स्मार्टफोन पड्किएको धेरैजसो अवस्थामा प्रयोगकर्ताको लापरवाही देखिएको छ । कहिले फुटपाथमा पाइने ब्याट्रि त कहिले ओभर चार्जिङ, यस्तो थुप्रै कारणहरु छन् जसले फोन बिस्फोट गराउँछ । आउनुहोस्, आज यस्तै गल्तीबारे जानकारी लिऔँ ।

आवश्यकताभन्दा बढी चार्ज गर्नु

विशेषज्ञलाई विश्वास गर्ने हो भने कुनै पनि फोनमा ८० प्रतिशतभन्दा बढी चार्ज गर्नु हुँदैन । यसो गर्दा फोनको ब्याट्री लाइफ पनि लामो हुन्छ र बिस्फोट हुने जोखिम पनि निकै कम हुन्छ । धेरै मानिसहरुले फोन रातभरी चार्ज गर्न छोडिदिन्छन्, यस्तो बानीलाई तुरुन्तै त्याग्नुपर्छ । हुन त नयाँ आएका कतिपय फोनमा पावर डिस्कनेक्ट सुविधा दिइएको हुन्छ तर पुरानो फोनमा यस्ता सुविधा पाइँदैन । आवश्यकता भन्दा बढी चार्ज गर्दा कुनै दुर्घटना नै हुन्छ भन्ने त छैन तर तपाईंको फोन बिग्रिने सम्भावना भने बढी नै रहन्छ ।

चार्ज गर्दै गेम खेल्नु

गेम खेलिरहेका बेला फोन असाध्यै तात्छ । यस्तो अवस्थामा यदि तपाईं कुनै स्मार्टफोनलाई चार्जमा राखेर त्यसमा गेम खेलिरहनुहुन्छ भने फोन अत्यधिक तातो हुन्छ । चार्जिङ र गेमिङ, दुबै अवस्थामा स्मार्टफोन असाध्यै तात्ने गर्छ । यस्तोमा दुबै एकैपटक गर्नु हानिकारक साबित हुनसक्छ । फोन असाध्यै तात्दा भित्रका केही तत्व खराब हुनसक्छन् वा कुनै दुर्घटना पनि हुनसक्छन् । यतिबेला तपाईंको फोन हातमा छ भने त तपाईं नराम्रोसँग घाइते पनि हुन सक्नुहुन्छ ।

फास्ट चार्जिङ

बजारमा नयाँ आएका स्मार्टफोनले फास्ट चार्जिङ सपोर्ट गर्छ । भिन्न भिन्न प्रकारका फोनमा भिन्न भिन्न चार्जिङ क्षमता दिइएको हुन्छ । कुनै फोनले १४० वाटको चार्जिङ सपोर्ट गर्छ भने कसैमा १५ वाटको चार्जिङ पाइन्छ ।

यस्तोमा जुन पायो त्यहि चार्जरले आफ्नो फोन चार्ज गर्नु खतरनाक हुनसक्छ । यदि तपाईंको फोनले फास्ट चार्जिङ सपोर्ट गर्छ भने यसमा कुनै समस्या छैन । यस्तै सामान्य चार्जिङ सपोर्ट गर्ने स्मार्टफोनलाई फास्ट चार्जरले चार्ज गर्दा नकारात्मक परिणाम हुनसक्छ ।

चार्जमा राखेर कुरा गर्नु

फोनमा असाध्यै कुरा गर्ने खालको हुनुहुन्छ तपाईं ? त्यसो भए त कतिपटक त चार्जमा राखेर नै मस्तले कुरा गर्नुभएको पनि छ होला । तर यस्तो गर्नुभन्दा अघि तपाईंले धेरै पटक सोच्नुपर्छ किनभने यो स्थितिमा कुनै दुर्घटना भयो भने तपाईं नराम्रोसँग घाइते हुन सक्नुहुन्छ ।

फोन गरिरहेका बेला स्मार्टफोनले धेरै नै काम गरिरहेको हुन्छ । कुरा गरिरहेका बेला पनि फोन तात्ने गर्छ । यस्तै चार्ज हुँदा पनि फोन तात्ने गर्छ । त्यसैले चार्ज गरिरहेका बेला हामीले कहिल्यै फोन प्रयोग गर्नुहुँदैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा