२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फ्रिजमा लामो समयसम्म खाना राख्दा के हुन्छ ? कति समयसम्म फ्रिजमा राख्दा उपयुक्त !

२०७९, २७ आश्विन बिहीबार ०६:३२

असोज २७, काठमाडौं | प्रविधिले हाम्रो दैनिक जीवनयापन निकै सहज बनाइदिएकाे छ । पछिल्लो समय घरमा स-सानादेखि ठूला कामका लागि पनि विद्युतीय उपकरणको प्रयोग बढ्न थालेको छ । लुगा धुनका लागि वासिङ मेसिन, घरका कोठा सफा गर्नका लागि भ्याकुम क्लिनर, खाना पकाउन इन्डक्सन चुलो वा माइक्रोवेभ र खाना सुरक्षित रूपमा भण्डारण गर्नका लागि फ्रिज (रेफ्रिजेरेटर) । विशेषगरी खानालाई सुरक्षित तरिकाले भण्डारण गर्नका लागि फ्रिज बढी प्रयोग गरिन्छ । कतिपय अवस्थामा खानेकुरा (पेय पदार्थ) चिसो बनाउन पनि फ्रिजको प्रयोग भएको हुन्छ ।


सामान्यतः घरमा प्रयोग हुने फ्रिज खानालाई लामो समयसम्म भण्डारण गर्नका लागि प्रयोग गरिन्छ । लामो समयसम्म खाना फ्रिजमा राख्दा पनि त्यो खाना स्वस्थ हुन्छ भन्ने धेरैको बुझाइ हुन्छ । के साँच्चै खाना लामो समयसम्म फ्रिजमा राख्दा त्यो स्वस्थ नै हुन्छ त ? आज हामी यसै विषयमा विशेष जानकारी दिदैँछौ ।

सामान्यतः खानालाई फ्रिजमा साँझ राखेर बिहान खाने वा बिहान राखेर साँझ खाने गरिन्छ । कतिपय त्यस्ता खाना हुन्छन्, जसलाई लामो समयसम्म भण्डारण गर्नुपर्ने हुन्छ । खाना फ्रिजमा राख्दा खाना स्वस्थ हुन्छ भन्ने बुझाइ हुनु स्वभाविक नै हो । तर, कति समसयसम्म राख्दा स्वस्थ वा खानलायक हुन्छ त ? खाना फ्रिजमा कति तापक्रममा राखिएको छ र कति समयसम्म राखिएको छ भन्ने कुराले नै खाना स्वस्थ वा अस्वस्थ छ भन्ने कुरा निर्धारण गरेको हुन्छ ।

खाना कति समयसम्म फ्रिजमा राख्दा खान उपयुक्त हुन्छ त ?

सामान्यतः खानालाई तीनदेखि चार दिनसम्म फ्रिजमा राख्दा खाना योग्य हुन्छ । शारीरिक स्वास्थ्यसँग सम्बन्धित गैरनाफामूलक संस्था मायोक्लिनिकका अनुसार खाना फ्रिजमा राखेको चार दिनपछि पोइजनिङको जोखिम बढ्दै जान्छ । यदि कुनै पनि खाना फ्रिजमा चार दिनभन्दा बढी राख्नुपर्ने अवस्था आयो भने त्यसलाई फ्रिज (न्यून तापक्रममा जमाएर राख्ने) गर्नुपर्ने हुन्छ ।

फ्रिज गरिएको खाना तीनदेखि चार महिनासम्म खानका लागि उपयुक्त हुन्छ । साधारण तरिकाले फ्रिजमा चार दिनभन्दा बढी खाना राख्दा उक्त खानामा भएको ब्याक्टेरियाको सङ्ख्या बढ्दै जान्छ । चिसोमा राख्दा खानाको ब्याक्टेरिया मर्छ भन्ने भ्रम राख्नु पनि गलत हो । कतिपय ब्याक्टेरियाका यस्ता प्रजाति पनि छन्, जो अत्यन्तै न्यून तापक्रममा सक्रिय हुने गर्छन् । त्यस्तै कतिपय यस्ता प्रजातिका ब्याक्टेरिया हुन्छन्, जो अत्यन्तै धेरै तापक्रममा पनि जीवित रहन्छन् । त्यसैले खाना धेरै दिन फ्रिजमा राख्दा चिसोमा सक्रिय हुने हानिकारक ब्याक्टेरिया बढेर खाना अस्वस्थ हुनसक्छ ।

यसरी लामो समयसम्म फ्रिजमा राखेको खाना खाँदा हामीलाई फुड पाेइजनिङ वा भनौँ फुडब्रोन इलनेस हुनसक्छ । खानामा फरक गन्ध आएन भने हामीलाई उक्त खाना स्वस्थ छ वा भनौँ ताजा छ भन्ने लाग्छ । तर, सबै अवस्थामा यो विचार लागू हुँदैन । खानामा कतिपय यस्ता हानिकारक ब्याक्टेरिया पनि हुने गर्छन्, जसले खानाको स्वाद वा गन्धमा कुनै प्रभाव पार्दैनन् । तर, उक्त खाना हामीले खाएको अवस्थामा हामी रोगी हुन सक्छौं ।

त्यसैले लामो समयसम्म फ्रिजमा राखेको खानामा कुनै प्रभाव नपर्दा खाना स्वस्थ छ भन्ने हुँदैन । त्यस्तो खाना तीनदेखि चार दिनसम्म खान सकिएन भने हटाउँदा नै उपयुक्त हुने विज्ञहरू बताउँछन् । ४ डिग्री सेल्सियसदेखि ६० डिग्री सेल्सियसको तापक्रम त्यस्तो तापक्रम हो जहाँ ब्याक्टेरिया तीब्र गतिमा वृद्धि हुने गर्छन् । त्यसैले तातो खाना ६० डिग्री सेल्सियसभन्दा माथिको तापक्रम र चिसो खाना ४ डिग्री सेल्सियसभन्दा कम तापक्रममा राख्नुपर्ने हुन्छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै