१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इलोन मस्कले गरे ट्विटरका सम्पूर्ण बोर्ड सदस्य बर्खास्त, बने ‘एकल निर्देशक’

१५ कार्तिक २०७९, मंगलवार १२:०१

कात्तिक १५,  काठमाडौँ | इलोन मस्कले ट्वीटरको बोर्ड अफ डाईरेक्टरलाई बर्खास्त गरेका छन् । योसँगै अब मस्क उक्त सामाजिक सञ्जालका एकल निर्देशक भएके कम्पनी फाइलिंगले देखाएको छ ।  सोमबार ‘अमेरिकी सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसन (एसईसी)’ मा पेस गरिएका दस्तावेजअनुसार गतहप्ता कम्पनीको अधिग्रहणलाई अन्तिम रूप दिएपछि मस्क ट्विटरको ‘एकल निर्देशक’ बनेका हुन् । 

एलोन मस्कले ट्विटरको स्वामित्व आफूले लिएपछि उच्च पदस्थ चार अधिकारी बर्खास्त  गरेMain Samachar

विद्युतीय कार कम्पनी टेस्लाका सीईओ (प्रमुख कार्यकारी अधिकारी) मस्कले सोमबार यसबारेमा ट्वीट गर्दै यो व्यवस्था ‘अस्थायी’ भएको बताएका छन् । तथापि उनले यसबारे विस्तृत रुपमा खुलाएका छैनन् । अन्तरिक्ष यान कम्पनी स्पेसएक्स र न्यूरोटेक्नोलोजी स्टार्टअप न्युरालिंक पनि चलाउने मस्कले बिहीबार उनको कार्यकाल नै प्रमुख कार्यकारी पराग अग्रवाल र प्रमुख वित्तीय अधिकारी नेड सेगलहरुलाई बर्खास्त गरेर सुरु गरेका थिए । 

एसईसीमा प्रस्तुत दस्ताबेज अनुसार मस्कले ट्विटरका सबै असाधारण बन्ड खरिद गर्ने प्रस्ताव पनि गरेका छन् । विश्वका सबैभन्दा धनी व्यक्ति मस्कले उनको व्यक्तिगत सम्पत्ति, लगानी कोष र बैंकबाट ऋण लिएर ट्वीटर किन्ने पैसा जम्मा गरेका थिए । 

एउटा छुट्टै ‘एसईसी फाइलिङ’ले साउदी राजकुमार अलवालिद बिन तलाल ट्विटरको दोस्रो ठूलो सेयरहोल्डर बनेको देखाएको छ । प्रभावशाली सामाजिक सञ्जाललाई मस्कको अधिग्रहणले वाक स्वतन्त्रता र कमजोर समूहलाई अनलाइन गालीगलौजबाट हुने जोखिमबाट जोगाउने कार्यमा सन्तुलनको बारेमा गहन बहस सुरु गरेको छ ।

आफूलाई निरपेक्ष ‘वाक स्वतन्त्रता’का पक्षधर बताउने मस्कले ट्विटरको विगतको मध्यस्थता नीतिको आलोचना गर्दै कम्पनी वामपन्थी विचारसँग नजिक रहेको आरोप लगाउँदै आएका छन् ।

यद्यपि मस्कले प्लेटफर्मको लागि आफ्नो विस्तृत योजना सार्वजनिक गरेका छैनन् । 

विज्ञापनमा मात्र निर्भर रहेको ट्विटरको व्यापार नीतिबाट असन्तुष्ट मस्कले महत्वपूर्ण एकाउन्टमा रहने निलो टिकको लागि मासिक भुक्तानीको व्यवस्था गर्ने संकेत गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन