२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इलोन मस्कले गरे ट्विटरका सम्पूर्ण बोर्ड सदस्य बर्खास्त, बने ‘एकल निर्देशक’

२०७९, १५ कार्तिक मंगलवार १२:०१

कात्तिक १५,  काठमाडौँ | इलोन मस्कले ट्वीटरको बोर्ड अफ डाईरेक्टरलाई बर्खास्त गरेका छन् । योसँगै अब मस्क उक्त सामाजिक सञ्जालका एकल निर्देशक भएके कम्पनी फाइलिंगले देखाएको छ ।  सोमबार ‘अमेरिकी सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसन (एसईसी)’ मा पेस गरिएका दस्तावेजअनुसार गतहप्ता कम्पनीको अधिग्रहणलाई अन्तिम रूप दिएपछि मस्क ट्विटरको ‘एकल निर्देशक’ बनेका हुन् । 

एलोन मस्कले ट्विटरको स्वामित्व आफूले लिएपछि उच्च पदस्थ चार अधिकारी बर्खास्त  गरेMain Samachar

विद्युतीय कार कम्पनी टेस्लाका सीईओ (प्रमुख कार्यकारी अधिकारी) मस्कले सोमबार यसबारेमा ट्वीट गर्दै यो व्यवस्था ‘अस्थायी’ भएको बताएका छन् । तथापि उनले यसबारे विस्तृत रुपमा खुलाएका छैनन् । अन्तरिक्ष यान कम्पनी स्पेसएक्स र न्यूरोटेक्नोलोजी स्टार्टअप न्युरालिंक पनि चलाउने मस्कले बिहीबार उनको कार्यकाल नै प्रमुख कार्यकारी पराग अग्रवाल र प्रमुख वित्तीय अधिकारी नेड सेगलहरुलाई बर्खास्त गरेर सुरु गरेका थिए । 

एसईसीमा प्रस्तुत दस्ताबेज अनुसार मस्कले ट्विटरका सबै असाधारण बन्ड खरिद गर्ने प्रस्ताव पनि गरेका छन् । विश्वका सबैभन्दा धनी व्यक्ति मस्कले उनको व्यक्तिगत सम्पत्ति, लगानी कोष र बैंकबाट ऋण लिएर ट्वीटर किन्ने पैसा जम्मा गरेका थिए । 

एउटा छुट्टै ‘एसईसी फाइलिङ’ले साउदी राजकुमार अलवालिद बिन तलाल ट्विटरको दोस्रो ठूलो सेयरहोल्डर बनेको देखाएको छ । प्रभावशाली सामाजिक सञ्जाललाई मस्कको अधिग्रहणले वाक स्वतन्त्रता र कमजोर समूहलाई अनलाइन गालीगलौजबाट हुने जोखिमबाट जोगाउने कार्यमा सन्तुलनको बारेमा गहन बहस सुरु गरेको छ ।

आफूलाई निरपेक्ष ‘वाक स्वतन्त्रता’का पक्षधर बताउने मस्कले ट्विटरको विगतको मध्यस्थता नीतिको आलोचना गर्दै कम्पनी वामपन्थी विचारसँग नजिक रहेको आरोप लगाउँदै आएका छन् ।

यद्यपि मस्कले प्लेटफर्मको लागि आफ्नो विस्तृत योजना सार्वजनिक गरेका छैनन् । 

विज्ञापनमा मात्र निर्भर रहेको ट्विटरको व्यापार नीतिबाट असन्तुष्ट मस्कले महत्वपूर्ण एकाउन्टमा रहने निलो टिकको लागि मासिक भुक्तानीको व्यवस्था गर्ने संकेत गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै