२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् सन् २०२२ का सबैभन्दा धेरै प्रयोग भएका पासवर्ड

१ मंसिर २०७९, बिहीबार ०७:३२

मङ्सिर १, काठमाडौँ । एजेन्सी | वर्ष सन् २०२२ को उत्तरार्धतिर आइपुग्दा यो वर्षका सबैभन्दा धेरै प्रयोग भएका पासवर्ड (Common Password) को सूची सार्वजनिक भएको छ ।

यो सूची हेर्दा आम इन्टरनेट प्रयोगकर्ताहरू अझै पनि आफ्नो अकाउन्टको पासवर्डका विषयमा खासै गम्भीर नभएको देखिन्छ ।


NordPass ले सार्वजनिक गरेको सन् २०२२ का सबैभन्दा धेरै प्रयोग भएका २ सय पासवर्डको सूची संलग्न रिपोर्ट अनुसार मानिसहरुले निकै सजिलैसँग अनुमान गर्न सकिने पासवर्डहरु अझै पनि प्रयोग गरिरहेका छन् । प्रयोगकर्ताको उक्त गल्तीको फाइदा चाहिँ ह्याकरहरुले उठाइरहेका छन् ।

विश्वका विभिन्न ३० वटा देशमा गरिएको अध्ययन अनुसार सन् २०२२ का सबैभन्दा धेरै प्रयोग गरिएका कमजोर पासवर्डमध्ये शीर्ष १० मा यी हुन् :

  • password
  • 123456
  • 123456789
  • guest
  • qwerty
  • 12345678
  • 111111
  • 12345
  • col123456
  • 123123

यसका अलावा मानिसहरुमा guest, vip जस्ता पासवर्डकेा प्रयोग पनि अत्यधिक रहेको पाइएको छ ।

शोधकर्ताहरुका अनुसार मानिसहरुमा कुनै चर्चित खेलकुद टिम, चलचित्रको पात्र तथा कुनै विशेष खानेकुराको नामलाई पासवर्डको रुपमा राख्ने चलन हराएको छैन । यसमा मानिसहरुले निकै चर्चित नामको प्रयोग गर्दछन् । त्यसैले पनि त्यस्ता पासवर्ड निकै कमजोर हुन्छन् र ह्याकरहरुले सजिलैसँग पत्ता लगाउन सक्दछन् ।

त्यसैले तपाइँले पनि यस्ता पासवर्ड प्रयोग गर्नुभएको छ भने तत्कालै परिवर्तन गर्नुहोस् । पासवर्डलाई बलियो तथा पत्ता लगाउन कठीन बनाउनुहोस् । त्यसका लागि पासवर्ड लामो राख्नुहोस् जसमा चिन्ह, अंक तथा अक्षर संलग्न गर्नुहोस् । यस्ता पासवर्ड सम्झना गर्न गाह्रो हुन्छ तर पनि साइबर सुरक्षाको दृष्टिले निकै जरुरी हुन्छ ।

साथै आफ्ना हरेक अनलाइन अकाउन्टका लागि छुट्टाछुट्टै पासवर्डको प्रयोग गर्नुहोस् । जसका कारण ह्याकरलाई पासवर्ड क्रयाक गर्न कठीन हुन्छ ।

यसका अतिरिक्त समय समयमा आफ्नो पासवर्ड परिवर्तन गर्ने र टू फ्याक्टर अथेन्टिकेसनको प्रयोग गर्ने गरेमा पनि आफ्नो अकाउन्ट ह्याक हुनबाट जोगाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन