१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एलन मस्कले ल्याउँदैछन् आइफोन भन्दा शक्तिशाली स्मार्टफोन !

१३ मंसिर २०७९, मंगलवार ०८:५०

मङ्सिर १३, काठमाडौँ | ट्वीटर खरिद गरेयता विश्वका नम्बर वान धनाढ्य एलन मस्क सर्वाधिक चर्चामा रहँदै आएका छन् । ट्वीटर प्रयोगकर्ता तथा कम्पनीका कर्मचारीहरुका विषयमा गरेका अनेक दूरगामी निर्णयहरुका कारण मस्कको चर्चा चुलिएको छ ।

मस्कको टेस्ला कम्पनी विश्वको सबैभन्दा ठूलो कार कम्पनी हो । तर अब टेस्ला ब्राण्डबाट केवल कार मात्रै होइन स्मार्टफोन पनि बजारमा आउने भएको छ । एलन मस्कले टेस्ला स्मार्टफोन बजारमा ल्याउने तयारी गरिरहेको समाचारमा दाबी गरिएको छ ।


एलन मस्क आफैले ट्वीटरमा एक ट्वीटको जवाफ दिने क्रममा उल्लेख गरेको एक सन्दर्भलाई जोडेर टेस्लाले स्मार्टफोन बजारमा ल्याउन लागेको चर्चा चलेको हो ।

भिडियो पडकास्ट द लिज ह्विलर शो का सञ्चालक लिज व्हीलरले एक ट्वीटमा यदि एप्पल र गुगलले आफ्नो एप स्टोरबाट ट्वीटरलाई हटाएमा के एलन मस्कले आफ्नै स्मार्टफोन लञ्च गर्छन् त ? भनेर सोधेका थिए ।

यसो भएमा आधाजसो मुलुकहरुले पक्षपाती तथा जासूसी गर्ने आइफोन वा एन्ड्रोइड फोनको प्रयोग गर्न खुसीसाथ छाड्ने भन्दै उनले मंगल ग्रहमा जाने रकेट बनाउन सक्ने मस्क जस्ता व्यक्तिले आफ्नै स्मार्टफोन बनाउनु कुनै मुस्किल काम नभएको बताएका थिए ।

व्हीलरको ट्वीटमा जवाफ फर्काउँदै मस्कले लेखेका छन्, ‘मलाई निश्चित रुपमा आशा छ कि यस्तो (एप स्टोरबाट ट्वीटर हटाउने) काम हुनेछैन । तर यदि अन्य विकल्प बाँकी रहेनन् भने मैले एक वैकल्पिक फोन बनाउनेछु।’

मस्कको सोही जवाफी ट्वीट पश्चात् मानिसहरुले अब छिटै टेस्लाको स्मार्टफोन बजारमा आउन सक्ने अनुमान गरेका छन् । एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह