विशाल प्रविधि कम्पनी गूगलले प्रत्येक वर्ष ‘ईयर इन सर्च’ प्रतिवेदन प्रकाशित गर्ने गर्छ । 

उक्त प्रतिवेदनमा गूगलमा सर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  विशाल प्रविधि कम्पनी गूगलले प्रत्येक वर्ष ‘ईयर इन सर्च’ प्रतिवेदन प्रकाशित गर्ने गर्छ । 

उक्त प्रतिवेदनमा गूगलमा सर"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन् २०२२ मा गूगलमा सर्वाधिक सर्च गरिएको शब्द के हो ?

२३ मंसिर २०७९, शुक्रबार ०७:४२

मङ्सिर २३, काठमाडौँ । विशाल प्रविधि कम्पनी गूगलले प्रत्येक वर्ष ‘ईयर इन सर्च’ प्रतिवेदन प्रकाशित गर्ने गर्छ । 

उक्त प्रतिवेदनमा गूगलमा सर्वाधिक खोजिएका शब्द, मानिस र घटनाक्रमहरूको विश्लेषण गरिन्छ । 

सर्वाधिक गूगल गरिएको शब्द वर्डल हो । यो एउटा ब्राउजर गेम हो जसमा शब्दको अनुमान गर्नुपर्ने हुन्छ । 

सन् २०२१ मा सफ्टवेयर इन्जिनीयर जोश वार्डलले यो गेम सार्वजनिक गरेका थिए । प्रयोगकर्ताहरूले दिनमा एक शब्द अनुमान गर्नुपर्ने हुन्छ र त्यसका लागि उनीहरूलाई ६ वटा मौका दिइन्छ । 

सबैजनाका लागि एउटै शब्द दिइएको हुन्छ र त्यस शब्दमा पाँचवटा मात्र अक्षर हुन्छन् । 

यो गेम ज्यादै लोकप्रिय भएपछि यसलाई खेल्नेहरूले गूगलमा सर्च गर्दा गूगलका अन्य सर्च ट्रेन्ड प्रभावित भएका हुन् । 

वर्डल लोकप्रिय भएपछि द न्युयोर्क टाइम्स पत्रिकाले यसलाई किनेको थियो । त्यसपछि पत्रिकाका ग्राहक पनि बढे । 

विश्वमा भएका प्रमुख घटना पनि गूगलमा व्यापक सर्च भएका छन् । बेलायतकी महारानी एलिजाबेथको मृत्युपछि सेप्टेम्बर महिनामा उनको नाम सर्वाधिक खोजिएको थियो । 

हरिउड अभिनेता जोनी डेपले आफ्नी पूर्वपत्नी एम्बर हर्डसँग अदालती मुद्दा लड्दै गर्दा उनलाई गूगलमा सर्वाधिक खोजिएको थियो । त्यस्तै अस्कर समारोहमा कमेडियन क्रिस रकलाई थप्पड हान्ने अभिनेता विल स्मिथ पनि सर्वाधिक खोजी गरिएका पात्र थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह