१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विद्यार्थीले बनाए विशेष हेल्मेट, चालकले रक्सी पिएमा मोटरसाइकल स्टार्ट नहुने !

२६ मंसिर २०७९, सोमबार ०९:४५

मङ्सिर २६, काठमाडौँ | यदि तपाईं दुई पाङ्ग्रे सवारी साधनको प्रयोगकर्ता हुनुहुन्छ भने, तपाईंलाई हेलमेटको उपयोगिताबारे राम्ररी थाहा हुनुपर्छ। धेरै पटक यसले घातक दुर्घटनामा समेत चालकको ज्यान बचाउँछ। राँचीका विद्यार्थीले यस्तो हेल्मेट तयार गरेका छन् जुन निकै अनौठो छ । यदि दुई पाङ्ग्रे सवारी चलाउने व्यक्तिले मादक पदार्थ सेवन गरेका छन् भने, यो हेलमेटले बाइक वा स्कुटरलाई स्टार्ट गर्न दिँदैन। 


मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने मानिसहरुका कारण धेरै सडक दुर्घटना हुने गर्दछन् र धेरैको अकालमा ज्यान जाने गर्दछ । मापसे गरेर गाडी चलाउने कार्यलाई रोक्नका लागि ट्राफिक नियमलाई कसिलो बनाउनुका साथै कडा जरिवाना समेत गरिन्छ । तर यसलाई पूर्णरुपमा रोक्न सकिएको छैन ।

उक्त हेल्मेटमा एउटा विशेष चिप जडान गरिएको छ । उक्त चिपका कारण सो हेल्मेट लगाएर बाइक चलाउने व्यक्तिले यदि रक्सी पिएमा बाइक नै स्टार्ट हुनेछैन ।

चारजना विद्यार्थीहरुले तयार पारेको उक्त सेन्सरवाला हेल्मेटको प्रोटोटाइपले निकै चर्चा कमाएको छ । यदि उक्त प्रोटोटाइपबाट व्यवसायिक रुपमा हेल्मेट उत्पादन गर्न सकिएमा त्यसले मापसे गरेर बाइक चलाउने कार्यमा लगाम लगाउन मद्दत मिल्नेछ ।

उक्त हेल्मेट लगाएर बाइक चलाउन खोज्ने व्यक्तिले यदि मापसे गरेको रहेछ भने हेल्मेटमा रहेको चिपले अलर्ट जारी गर्नेछ । सोही अलर्ट मोटरसाइकलले प्राप्त गर्नेछ र मोटरसाइकल स्टार्ट हुनेछैन । अर्थात् हेल्मेटमा लगाइएको चिपले केवल रक्सीको गन्धमात्र थाहा पाउनेछैन बाइकलाई स्टार्ट हुनबाट पनि रोक्नेछ ।

विद्यार्थीहरुले हेलमेट नै नलगाइकन तथा राम्रो ढंगले नलगाउँदा समेत बाइक स्टार्ट नहुने गरी अर्को चिप समेत विकास गर्ने योजना बनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह