२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अवैद्य रुपमा भित्रिएका मोबाइल १५ पुसदेखि नचल्ने

२०७९, १० पुष आईतवार ०८:०७

पुस १०, काठमाडौँ । १५ पुसदेखि अवैद्य रुपमा भित्रिएका मोबाइल नचल्ने भएका छन् । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) १५ पुसदेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

आगामी शुक्रबारदेखि एमडीएमएस पूर्ण रूपमा कार्यान्वयनमा आएपछि अवैध रुपमा भित्रिएका मोबाइल नचल्ने प्राधिकरणले जनाएको छ । मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरूत्साहित गर्न र चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ र ब्लकिङ गर्न प्राधिकरणले प्रभावकारी भूमिका खेल्ने छ ।


एमडीएमएस दर्ता नगरेको सेटहरू गत १ असोजदेखि कार्यान्वयनमा ल्याइएको थियो ।  विदेशबाट आउने नेपालीहरूले आफूले प्रयोग गर्न भनेर ल्याएका मोबाइल सेटहरू एमडीएमएसमा दर्ता नभएका, गत भदौभन्दा अघि प्रयोगमा नरहेका मोबाइल सेटहरू प्राधिकरणले १५ डिजिटको आइएमइआइ नम्बरसहित भन्सार कागजातसहित दर्तामा आउन प्राधिकरणले आह्वान गरेको छ ।

यहि १५ पुसदेखि नियमानुसार भन्सारमा घोषणा नभएका मोबाइल सेट दर्ता नगरिने र त्यस्ता मोबाइल सेट चल्नबाट रोकिनेतर्फ पनि सचेत गराएको छ। साथै, बजारबाट खरिद गर्दा कुनै पनि मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडिएमएस प्रणालीमा दर्ता भए वा नभएको यकिन गरेर मात्र खरिद गर्न प्राधिकरणले अनुरोध गरेको छ ।

प्राधिकरणले मोबाइल आयातकर्ता र बिक्रेताले अनिवार्य रूपमा प्राधिकरणको पूर्वस्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइल मात्र बिक्री वितरण गर्न जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै