२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टिकटकमाथि प्रतिबन्ध लगाउँदै अमेरिकी सरकार

२०७९, १७ पुष आईतवार ०९:४९

पुस १७, काठमाडौँ | अमेरिकी सरकारले भिडिओ प्लेटफर्म टिकटकमाथि प्रतिबन्ध लगाउने भएको छ । अमेरिकाको सरकारी डिभाइसहरूमा टिकटकलाई प्रतिबन्ध गर्ने निर्णय अमेरिकी सरकारले लिएको हो । यो निर्णयलाई लागू गर्नको लागि अमेरिकाले 'नो टिकटक अन गभर्मेन्ट डिभाइसेस एक्ट' अर्थात् सरकारी डिभाइसमा टिकटक चलाउन नपाइने सम्बन्धी ऐन जारी गर्ने तयारी गरिरहेको छ । 


अमेरिकाको प्रतिनिधि सभाले पहिले ने सरकारी डिभाइसहरूमा टिकटकमाथि प्रतिबन्ध लगाइसकेको छ । यसको साथै अमेरिकाका विभिन्न प्रदेश जर्जिया, साउथ डाकोटा, मेरिल्यान्ड र टेक्सस लगायतले आफ्नै आन्तरिक निर्णयबाट सरकारी डिभाइसमा टिकटक प्रतिबन्ध गरिसकेको छ । 

अब सिनेटले भने एउटा कानुन नै तयार गरेर यसलाई अगाडि बढाउन लागेको हो । टिकटक चिनियाँ कम्पनी बाइटडान्सको उत्पादन हो । यस्तोमा चीनले प्रयोगकर्ताको डेटा चोरी गर्न पनि टिकटक प्रयोग गर्नसक्ने कारण देखाउँदै अमेरिकाले यो एपमाथि प्रतिबन्ध लगाउन लागेको हो । 

हाललाई यो प्रतिबन्ध सरकारी कर्मचारी तथा सरकारी डिभाइसहरूमा मात्र लागू गर्ने सरकारको निर्णय छ । सर्वसाधारणको हकमा के गर्ने भन्ने विषयमा भने कुनै आधिकारिक धारणा आइसकेको छैन । 

यस विषयमा टिकटकका आधिकारिक व्यक्तिहरूले अमेरिकी सरकारलाई डेटा सुरक्षित हुने दाबी गरेपनि अमेरिकाले भने यसलाई प्रतिबन्ध नै गर्ने निर्णय लिएको हो ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा