१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टिकटकमाथि प्रतिबन्ध लगाउँदै अमेरिकी सरकार

१७ पुष २०७९, आईतवार ०९:४९

पुस १७, काठमाडौँ | अमेरिकी सरकारले भिडिओ प्लेटफर्म टिकटकमाथि प्रतिबन्ध लगाउने भएको छ । अमेरिकाको सरकारी डिभाइसहरूमा टिकटकलाई प्रतिबन्ध गर्ने निर्णय अमेरिकी सरकारले लिएको हो । यो निर्णयलाई लागू गर्नको लागि अमेरिकाले 'नो टिकटक अन गभर्मेन्ट डिभाइसेस एक्ट' अर्थात् सरकारी डिभाइसमा टिकटक चलाउन नपाइने सम्बन्धी ऐन जारी गर्ने तयारी गरिरहेको छ । 


अमेरिकाको प्रतिनिधि सभाले पहिले ने सरकारी डिभाइसहरूमा टिकटकमाथि प्रतिबन्ध लगाइसकेको छ । यसको साथै अमेरिकाका विभिन्न प्रदेश जर्जिया, साउथ डाकोटा, मेरिल्यान्ड र टेक्सस लगायतले आफ्नै आन्तरिक निर्णयबाट सरकारी डिभाइसमा टिकटक प्रतिबन्ध गरिसकेको छ । 

अब सिनेटले भने एउटा कानुन नै तयार गरेर यसलाई अगाडि बढाउन लागेको हो । टिकटक चिनियाँ कम्पनी बाइटडान्सको उत्पादन हो । यस्तोमा चीनले प्रयोगकर्ताको डेटा चोरी गर्न पनि टिकटक प्रयोग गर्नसक्ने कारण देखाउँदै अमेरिकाले यो एपमाथि प्रतिबन्ध लगाउन लागेको हो । 

हाललाई यो प्रतिबन्ध सरकारी कर्मचारी तथा सरकारी डिभाइसहरूमा मात्र लागू गर्ने सरकारको निर्णय छ । सर्वसाधारणको हकमा के गर्ने भन्ने विषयमा भने कुनै आधिकारिक धारणा आइसकेको छैन । 

यस विषयमा टिकटकका आधिकारिक व्यक्तिहरूले अमेरिकी सरकारलाई डेटा सुरक्षित हुने दाबी गरेपनि अमेरिकाले भने यसलाई प्रतिबन्ध नै गर्ने निर्णय लिएको हो ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह