२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिया, गोलभेँडा, दुधसहित यी हुन् बिहान खाली पेटमा खान नहुने चीजहरु

८ कार्तिक २०७९, मंगलवार ०६:२२

 काठमाडौँ |  बिहान उठेर धेरै मान्छे चिया र कफी वा खाजामा फलहरु खाने गर्छन् । तर यो शरीरको लागि कत्तिको लाभदायक छ त ?

दिनभर उर्जावान बन्नको लागि बिहान खाजा खानु आवश्यक छ । खाजामा पोषणले भरिएको खाद्यपदार्थ पनि खानुपर्छ । तर कैयौ पटक जानकारीको अभावमा मान्छे खाजामा गलत खानेकुराको सेवन गर्ने गर्छन् । जसको कारणले पाचनसँग जोडिएको समस्य वा अन्य बिमारीहरु समेत हुन सक्छ ।


थाहा पाउनुस् विहान खाली पेटमा खान नहुने यी चीज 

  • चिया कफी

प्रायः मान्छे आफ्नो दिनको सुरुवात चिया वा कफीबाट गर्ने गर्छन् । यो ठीक कुरा पनि होइनन । किनकी खाली चिया र कफीको सेवान गर्दा पेटमा ग्यास्ट्रिकको समस्या बढ्ने गर्छ । यस्तो अवस्थामा पाचनतन्त्रमा हाइड्रोक्लोरिक एसिडको स्राव बढ्न जान्छ । जसले कतिपयको पेटमा दुखाइ पनि सुरु गर्न सक्छ । त्यसैले बिहान चिया र कफीको सट्टा बिस्कुट र पाउरोटी जस्ता खानेकुराहरु लिनु जरुरी छ ।

  • अमिलो फल

फ स्वास्थ्यको लागि धेरै फाइदाजनक छ । तर खाली पेटमा यस्तो फल खानुले पेटमा अधिक एसिड जम्मा हुने गर्छ । फलफूलमा प्रचूर मात्रामा फाइबर र फ्रुक्टोज पाइन्छ । जसले गर्दा हाम्रो पाचनतन्त्रमा समस्या सिर्जना हुन सक्छ । यसका कारण खासगरी बिहान खाली पेटमा यस्ता अमिलो खानेकुरा खानु हुँदैन ।

  • काँचो तरकारी

खाली पेटमा सलाद लगायत काँचो तरकारी पनि खानु स्वास्थ्यको लागि हानिकारक छ । यसमा हुने फाइबरका कारण खाना सजिलैसँग पच्दैन । त्यसैले बिहान उठेर काँचो तरकारी खानु हुँदैन ।

  • केरा

खाली पेटमा केरा खाँदा पेटमा म्याग्नेसियमको मात्रा बढ्न जान्छ । जसका कारण शरीरमा क्याल्सियम र म्याग्नेसियमको मात्रा बढ्न जाँदा शरीरमा अनेक समस्या हुन सक्छ ।

  • चिसो पेय पदार्थ

खाली पेटमा चिसो पेय पदार्थ खानु पनि स्वास्थ्यको लागि हानिकारक हुन्छ । यसले तपाईंको म्युकस मेम्ब्रेनलाई नोक्सानी पु¥याउँछ । जसका कारण दिनभर तपाईंको पाचन प्रणाली धिमा गतिमा चल्छ । यसको लागि बिहान खाली पेटमा चिसो भन्दा तातो पेय पदार्थ खानु उपयुक्त ।

  • गोलभेडा

गोलभेडाको सेवन स्वास्थ्यका लागि लाभदायक हुन्छ । तर खाली पेटमा टमाटर खानु बढी नोक्सानदायक हुन सक्छ । टमाटरमा साइट्स एसिड पाइन्छ । जसले गर्दा पेटमा ग्यास्ट्रो इन्स्टेन्टाइल एसिडको साथ मिलेर पेटमा ग्यास्ट्रिक दुखाइको समस्या पैदा गर्न सक्छ ।

  • दही

दहीको सेवन स्वास्थ्यको लागि राम्रो मानिन्छ । तर तर बिहान खाली पेटमा दही खानु फाइदा भन्दा नोक्सानी बढी हुन्छ । यसबाट पेटमा अपचको समस्या बढ्छ । यसको लागि खाली पेट मसलेदार खाद्य पदार्थ खाने कोसिस गर्नुपर्छ ।

खालीपेटमा के–के सेवन गर्ने ?

  • मनतातो पानीको साथमा मह

बिहानको समयमा मनतातो पानीमा एक चम्चा मह राखेर पिउनुहोस् । यो धेरै खनिज भिटामिन, फ्लेवनाइड र एन्जाइम प्रदान गर्न मद्दत दायक हुन्छ । जुन पेट सफा गर्ने एवं स्वस्थ राख्नको लागि प्रभावकारी हुन्छ । यसका अलावा यो वजन कम गर्नको लागि पनि प्रभावकारी हुन्छ ।

  • एलोबेरा जुस

यदि तपाईं पेटको समस्याबाट ग्रस्त हुनुहुन्छ भने वा पेटसम्बन्धी कुनै समस्या छ भने खालीपेटमा एलोबेराको जुस लिन सकिन्छ । यसबाट केवल आफ्नो पेट सफा हुन सक्छ । यसबाट कब्जियतको समस्याको समाधान समेत हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली