भारतबाट भन्सार छलेर ल्याइएको ८ लाख रुपैयाँभन्दा बढीका अवैध मोबाइल बरामद

Posted on: 09 Jun, 2023

जेठ २६,  रुपन्देही | भारतीय बजारबाट भन्सार छली ल्याइएका विभिन्न कम्पनीका ८ लाख रुपैयाँभन्दा बढीका मोबाइल सेट प्रहरीले बरामद गरेको छ ।

रुपन्देही प्रहरीले  बुटवलबाट ८ लाख ३० हजार रूपैयाँ बराबरका अवैध मोबाइल बरामद गरेको जनाएको छ । भारतीय बजारबाट भन्सार छली ल्याइएका विभिन्न कम्पनीका ३७ थान मोबाइल बुटवल उपमहानगरपालिकास्थित राजमार्ग चौराहबाट बरामद गरेको रुपन्देही प्रहरीले बताए ।

रुपन्देही प्रहरीका अनुसार आइफोन ३ थान, रेडमी १५, सामसुङ ८, ओप्पो ४ थानसहित अन्य कम्पनीका मोबाइल पनि रहेका छन् ।

बरामद गरिएका मोबाइल आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालयमा पठाइएको प्रहरीले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!