३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैंकिङ कसूरका घटना बढ्दो

२१ माघ २०७९, शनिबार ०६:५३

माघ २१, काठमाडौँ | काठमाडौँ महानगरपालिका–३१ शान्तिनगर बस्ने ४३ वर्षीय भुवनबहादुर माझीले बैंकिङ कसूर गरेको ठहर गर्दै उच्च अदालत पाटन, ललितपुरको फैसलाले रु एक करोड १९ लाख ७३ हजार बिगो बराबरको जरिवाना ठहर ग-यो । गत भदौदेखि फरार रहेका उनलाई दुई दिनअघि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

बैंकिङ कसूर मुद्दामा रु नौ लाख ६० हजार बिगो कायम भएका ४७ वर्षीय भीमबहादुर तामाङलाई पनि प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको छ । प्रहरीले पक्राउ गरी कारबाहीको दायरामा ल्याएका यी प्रतिनिधि घटना हुन् । तर कसूर प्रमाणित भएर फरार रहेका र बैंकिङ् कसूरका सयौँ आरोपी अझै फरार सूचीमा रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । परिसरबाट हालै मात्र सरुवा हुनुभएका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनाली पछिल्ला समयमा बैंकिङ कसूर तथा अपराधका घटनामा बढोत्तरी भइरहेको बताउनुहुन्छ ।

परिसरको तथ्याङ्कअनुसार बैंकिङ अपराधका मुद्दा दर्ता अत्यधिक छन् । प्रहरी उपरीक्षक मैनालीका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा एक हजार सात सय ४१ बैंकिङ कसूरका मुद्दा दर्ता भएका थिए । आव २०७८÷७९ मा दुई हजार सात सय १५ मुद्दा दर्ता भएकामा चालु आवको पुस मसान्तसम्ममा दुई हजार नौ सय ९९बैंकिङ कसूरका मुद्दा दर्ता भएका छन् ।

एसपी मैनाली नागरिक जति सहजरुपमा बैंकिङ पहुँचमा पुगेका छन् ‘बैकिङ कसूर तथा सजाय ऐन, २०६४’ को प्रावधानबारे सचेत नहुँदा जोखिम बढिरहेको बताउनुहुन्छ । यसले प्रहरीमा मुद्दाको चाप बढ्नुका साथै संलग्न व्यक्ति हिरासतमा पर्नु, संस्था कालो सूचीमा पर्नु र न्याय निरुपण गर्ने क्रममा मुद्दाको फैसला हुँदा कैद र जरिवाना भइ फरार रहनेको सङ्ख्या तीव्ररुपमा बढिरहेको छ । इन्टरनेटको माध्यमद्वारा (कनेक्ट आइपिएस, मोबाइल बैंकिङ, विभिन्न डिजिटल भुक्तानी सेवा प्रदायक एपमार्फत)समेत कारोबार गर्दा बैंकिङ कार्यमा नयाँपन आई सहजता प्रदान गरेको भए पनि त्यसको पूर्ण तवरले जानकार नहुँदा ह्याकरले वान टाइम पासवर्ड (ओटिपी) ह्याक गरी खातामा रहेको रकम गायब गरिदिने, एक जनालाई रकमान्तर गर्नुपर्ने रकम अर्कैको खातामा जानेलगायत गतिविधि बढेको छ ।

नेपालमा यसको नियमनका लागि ‘बैंङिङ कसूर तथा सजाय ऐन, २०६४’ रहेको छ । उक्त कानुनी व्यवस्था अनुसार रु दश लाखसम्म बिगो भए एक वर्षसम्म कैद, रु दश लाखभन्दा बढी रु ५० लाखसम्म बिगो भए एक वर्षदेखि दुई वर्षसम्म कैद, रु ५० लाखभन्दा बढी रु एक करोडसम्म बिगो भए दुई देखि तीन वर्षसम्म कैद, रु एक करोडभन्दा बढी बिगो भए तीनदेखि पाँच वर्षसम्म कैदको प्रावधान छ ।

यस्तै बैंकिङ कसूर मुद्दाको अनुसन्धान तथा तहकिकातसम्बन्धी काम कारबाहीमा कसैले बाधा, विरोध गरेमा अनुसन्धान तथा तहकिकात गर्ने अधिकारीको प्रतिवेदनको आधारमा मुद्दा हेर्ने अधिकारीले ६ महिनासम्म कैद वा रु पाँच हजारसम्म जरिवाना वा दुवै सजाय गर्न सक्ने व्यवस्था ऐनमा छ । खातामा रकम नभएको जानीजानी चेक दिएर त्यो नसाटिँदा हुने बैंकिङ कसूरको सङ्ख्यासमेत बढिरहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए