३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कानुन र प्रमाणका आधारमा मात्र मुद्दाको फैसला हुन्छ : कामु प्रधानन्यायाधीश कार्की

१५ फाल्गुन २०७९, सोमबार १२:१६

फागुन १५, काठमाडौँ | कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले कानुन र प्रमाणका आधारमा मात्र मुद्दाको फैसला हुने स्पष्ट पार्नुभएको छ । कामु प्रधानन्यायाधीशसँग संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको नवनिर्वाचित कार्य समितिको आज भएको भेटमा उहाँले न्यायालयको छविलाई माथि उठाउनका लागि कुनै पनि दबाब र प्रभावमा नपरी कानुन र प्रमाणका आधारमा मात्र फैसला हुने बताउनुभयो ।

“न्यायपालिकामाथि जनविश्वास वृद्धि गर्नुपर्ने जरुरी छ, सबै न्यायाधीशलाई मैले कानुन र प्रमाणका आधारमा मात्र मुद्दामा फैसला गर्नुहोस् भनेको छु”, उहाँले भन्नुभयो, “कसैको पनि भनसुनमा नलाग्नुस्, दबाब र प्रभावमा नलाग्नुस्, न्याय परिषद्को सदस्यको सम्म पनि कुरा नसुन्नुस् भनेको छु ।”

कामु प्रधानन्यायाधीश कार्कीले न्यायको छविलाई माथि उठाउनका लागि सकारात्मक वातावरण बनाउन आफूले काम गरिरहेको बताउनुभयो । सर्वोच्च तथा उच्च अदालतमा न्यायाधीशको कमी भए पनि मुद्दाको फस्र्यौटमा तीव्रता दिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “सर्वोच्च अदालतमा पाँच न्यायाधीश रिक्त छ, उच्च अदालतमा ४२ न्यायाधीशको पद रिक्त छ, तै पनि भएकै जनशक्तिबाट हामीले काममा तीव्रता दिएका छौँ ।”  

कामु प्रधानन्यायाधीश कार्कीले स्रोत साधनको कमीका कारण भनेअनुसार काम गर्न नसके पनि भएका जनशक्तिले उच्च मनोबलका साथ काम गरिरहेको र त्यसमा पनि पाँच वर्ष नाघेका मुद्दालाई बढी प्राथमिकता दिएर फस्र्यौटमा लागेको र अन्तरिम आदेशमा एक हप्ताभित्र नै पेसी दिने व्यवस्था सुरु गरिसकेको बताउनुभयो ।

“विकास निर्माणका विषयमा धेरै अन्तरिम आदेश भएर काम रोकिएको भन्ने कुरा पनि आउने गरेका छन् । हामीले त्यस्ता मुद्दालाई प्राथमिकतामा राखेर छिटो फस्र्यौट गर्ने प्रयास गरिरहेका छौँ”, कामु प्रधानन्यायाधीश कार्कीले भन्नुभयो, “संविधान र कानुनले व्यक्तिलाई दिएको हक अधिकारअनुसार हामीले मुद्दामा हेर्नुपर्ने हुन्छ, कानुन बमोजिम अदालतले फैसला गर्ने हो ।”

 सर्वोच्च अदालतमा भएको ३० हजार मुद्दामा करिब २८ हजारमा झारेको उहाँले जानकारी दिनुभयो । उहाँले समय इजलास बस्ने र एक मिनेट पनि समय खेर नफाली काम गरी मुद्दाको औचित्यलाई मर्न नदिने तरिकाले काम गरिरहेको बताउनुभयो । जतिसक्दो छिटो न्याय दिन सुधारको अभियानमा लागेको र पाँच वर्षभित्रका पुराना मुद्दालाई शून्यमा झार्ने र दुई वर्षभित्र उच्च अदालतलाई शून्यमा झार्ने काम गरिरहेको जानकारी दिँदै कामु प्रधानन्यायाधीशले पाँच वर्ष पुराना मुद्दामध्ये चार हजार आठ  मुद्दालाई छिटो फस्र्यौट गर्नका लागि काम गरिरहेको स्पष्ट पार्नुभयो ।

संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका अध्यक्ष कालिका खड्का, पूर्वअध्यक्षद्वय यम विरही र दुर्गा दुलालले न्यायलयको जनविश्वास माथि उठाउनका लागि समयमै र सहज न्याय दिनुपर्ने धारणा राख्नुभएको थियो ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली