असोज १८, अर्घाखाँची । श्रम र समयको बचत, सीमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि जिल्लाका किसान हाते ट्र्याक्टरको प्रयोगतर्फ आकर्षित भएका छन् ।

जिल्ला "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १८, अर्घाखाँची । श्रम र समयको बचत, सीमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि जिल्लाका किसान हाते ट्र्याक्टरको प्रयोगतर्फ आकर्षित भएका छन् ।

जिल्ला "/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

कृषिमा यान्त्रीकरणको प्रयोग बढ्दो

१८ आश्विन २०७३, मंगलवार ०७:१२

असोज १८, अर्घाखाँची । श्रम र समयको बचत, सीमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि जिल्लाका किसान हाते ट्र्याक्टरको प्रयोगतर्फ आकर्षित भएका छन् ।

जिल्ला कृषि विकास कार्यालयले सहुलियत अनुदानमा ट्र्याक्टर वितरण गर्न थालेपछि किसानले ट्र्याक्टरको प्रयोग बढाएका हुन् । कार्यालयले गत साता मात्रै २० वटा हाते ट्र्याक्टर वितरण गरेको छ ।

जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत योगप्रसाद खरेलले छिटो छरितो बेमौसमी खेती गर्ने किसानलाई ट्र्याक्टर सहयोगि बन्ने बताउनुभयो । यस आवमा कृषि प्रसार कार्यक्रमअन्तर्गत २० वटा हाते ट्र्याक्टर व्यक्तिगत, कृषक समूह तथा सहकारीलाई ५० प्रतिशत अनुदानमा वितरण गरिएको छ ।

गएको असारमा पनि कृषक, समूह तथा सहकारीलाई ५० प्रतिशत अनुदानमा २० वटा पावर टेलर वितरण गरिएको थियो । गोरुमार्फत खेत जोत्दै आएका किसानले ट्र्याक्टरको प्रयोग गर्दा खेतको सबै स्थानमा एकैनासले जोत्न सकिने बताएका छन् । कृषिमा यान्त्रीकरण प्रयोग गर्नेको सङ्ख्या बढ्दै गएको कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का