२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

वन कार्यालय द्धारा ३२८ क्यूफिट अबैध काठ बरामद

२०७३, २४ कार्तिक बुधबार ११:३८

कमल रावल, कात्तिक २४, अछाम । जिल्ला वन कार्यालय अछामले बिना ईजाजतको (अवैध) काठ पक्राउ गरि नियन्त्रणमा लिएको छ । ३ वटा ट्याक्टरमा लोड गरि जयगढवाट साँफेतर्फ लिदै गरेको अवस्थामा देवलबजार नजिकैवाट काठ छोपिएको हो । प्रहरी चौकी जयगढको गस्ति टोलले शनिवार साँझ काठ फेला पारेको र सोधखोज गर्दा कुनै प्रमाण नभेटिएपछि पक्राउ गरि जिल्ला वन कार्यालयलाई बुझाएको हो ।

काठ कटान आदेश र छुट पूर्जि लिएको कुनै आधिकारीकता नभेटीएपछि ट्याक्टर सहित सबै काठ जिल्ला वन कार्यालय अछामले  नियन्त्रणमा लिएको छ । काठको ओसारपसारमा संलग्न ठेकदार अछाम बाब्लाका बिशाल कुवर सहित से १ त ८३३८, से १ त ७७ ४४ र से १ त ८२ १० नम्वर गरेका ३ वटा ट्याक्टर त्यसका चालक ७४ गोलिया उत्तिसको काठ बरामद गरि जिल्ला वन कार्यालय अछामले नियन्त्रणमा लिएको जिल्ला वन कार्यालयका निमित्त प्रमुख विकास शर्माले बताए । ३ वटा ट्याक्टरमा लोड गरेर लिदै गरेको अवस्थामा पक्राउ गरिएको काठको नापजाँच गर्दा ३ सय २८ दशमलव ६६ क्यूफिट रहेको पाईएको छ ।

यति धेरै परिणामको काठ जिल्ला वन कार्यालय अछामले पहिलोपटक जफत गरेको शर्माले बताए । जफत गरिएको काठको मूल्याँकन र जरिवाना गरि ६५ हजार ७ सय ३२ बरावरको माग दावि सहित जिल्ला अदालतमा मुद्धा दायर गरिसकिएको निमित्त प्रमुख शर्माको भनाई छ । यस्तै ३ वटै ट्याक्टरको मूलयाँकन गरेर माग दावी गरिने उनले बताए । छोपीएको काठवारे अनुसन्धानको लागि बयालपाटा रेञ्जपोष्टका रेञ्जर रतन राज जैशीलाई अनुसन्धान अधिकृत तोकेर जिल्ला वन कार्यालयले पनि प्रक्रिया अगाडि बढाएको छ ।

ट्याक्टर चालक तिन जना सहित १ जना ठेकदार गरि ४ जनालाई हिरासतमा राखिएकोमा मंगलवार अदालतवाट म्याद थप गरी अनुसन्धान भईरहेको शर्माले जाँनकारी दिए । काठसंगै पक्राउ परेका ठेकदार बिशाल कुवरले भनें जेठ महिनामै कटान आदेश भई निजी जग्गाभित्रको काठ काटिएको र छुटपुर्जी भने नलिएको स्वईकार गरे । नेपालगंज लिनका लागि जयगढमा जम्मा गरेर छुटपूर्जी लिने तयारी गर्दै गर्दा आफ्नो काठ पक्राउ परेको उनले बताए । तर निमित्त जिल्ला वन अधिकृत विकास शर्माले जम्मा गर्ने आदेश र ओसार पसारको अनुमती नलिएको पाईएको र कटान पूर्जिवारे अनुसन्धान भईरहेको बताएका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी