९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

नेपालमा लागु औषध प्रयोगकर्ताको संख्या झण्डै एक लाख

२६ कार्तिक २०७३, शुक्रबार १६:१६

ललित बोहरा/कार्तिक २६। नेपालमा नियमीत लागु औषध प्रयोगकर्ताको संख्या साढे ९१ हजार भन्दा बढी रहेको पाइएको छ । गृह मन्त्रालय लागु औषध नियन्त्रण काठमाण्डौद्धारा शुक्रबार डडेल्धुरामा आयोजित एक कार्यक्रममा दिइएको जानकारी अनुसार नेपालमा नियमीत लागु औषध प्रयोगकर्ताको संख्या ९१ हजार ५ सय ३४ जना रहेको छ । जस मध्ये काठमाण्डौ र पोखरामा रहेका २ वटा सुधारगृहमा अहिले ४० प्रतिशत लागु औषध प्रयोगकर्ताहरु रहेको लागु औषध नियन्त्रण शाखाका शाखा अधिकृत गणेश बरालले जानकारी दिएका छन । यसका साथै ७ वटै प्रदेशमा पनि सुधार गृह बनाउने प्रक्रिया अघि बढीरहेको शाखा अधिकृत बरालले बताएका छन । सुदूरपश्चिममा लागु औषध प्रयोगकर्ताको एकिन तथ्याङ्क नभएको भएपनि अन्य बिकास क्षेत्रको भन्दा कम भएको उनको भनाई थियो । 

लागू औषध नियन्त्रण शाखामा बिगत ६ बर्ष सम्म कार्यरत जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक शाहीले डडेल्धुरा जिल्लाबाट लागु औषध ओसार–पसार नभएपनी सुदुरपश्चिमका ७ पहाडी जिल्लाको मुख्य प्रबेशद्धार भएकाले अन्य जिल्लाबाट डडेल्धुरालाई नै रुट बनाइ हिड्ने भएकाले यसको नियन्त्रणमा समस्या हुने गरेको बताएका छन । डडेल्धुरा जिल्लाका केही गाबिसहरुले भारतीय सिमाना जोडेकाले सिमा क्षेत्रमा लागु औषध नियन्त्रणमा केही समस्या रहेको प्रहरी नायव उपरिक्षक शाहीको भनाई छ । 

७ नम्बर प्रदेशको ७ वटै पहाडी जिल्लामा लागु औषध प्रयोगकर्ता र बिक्री बितरण खासै नभएपनी गाजाँ चरेसको भने प्रयोगकर्ता र बिक्रीकर्ता बढीरहेको उनले जानकारी दिएका छन । यसका साथै लागुऔषध दुरुपयोग नियन्त्रण सम्बन्धी सरोकारवालाहरु समक्ष लागु औषधको विस्तृत जानकारी, लागु औषधको दुरुपयोग न्यूनीकरण, ओसार–पसार गरेमा हुने कानुनी ब्यवस्था र लागुऔषध नियन्त्रण सम्बन्धीत संस्थानहरुको बारेमा जानकारी समेत गराइएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो