२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बिश्व खाद्य दिवसको अवसरमा डडेल्धुराका ३ कृषक राष्ट्रपति उत्कृष्ट पुरस्कारबाट सम्मानित

३० कार्तिक २०७३, मंगलवार १६:५२

ललित बोहरा/३० कार्तिक डडेल्धुरा । विश्व खाद्य दिवसको अवसरमा जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले उत्कृष्ट ३ कृषकलाई सम्मान गरेको छ । ‘भईरहेको छ जलवायू परिवर्तन, गर्नु छ खाद्य र कृषीमा अनुकुलन’ भन्ने नारासहित मगंलबार मनाइएको ३६औँ बिश्व खाद्य दिवसको अवसर पारेर कृषि क्षेत्रमा लाग्न उत्प्रेरणा तथा हौसला प्रदान गर्न सम्मान गरिएको बरिष्ठ कृषी बिकास अधिकृत दिल बहादुर बिष्टले बताउनु भएको छ । कृषि क्षेत्रमा अब्बल ठानिएका बगरकोट गाबिस–८ का डम्बर बुढाऐर, भद्रपुर गाबिस–९ का हेम राज बाहुन र चिपुर गाबिसका खडक बिष्टलाई सम्मान गरिएको हो । सम्मानीत हुने सुचिमा परेका तीनै जना कृषकहरुलाई सांसद ज्ञानु गैरेले नगद दश हजार र प्रमाण पत्र सहीत दोसल्ला ओढाई सम्मान गरेको थियो । 

सम्मान कार्यक्रम पश्चात सम्मानित कृषकहरुले आफुहरुलाई कृषी कार्यालयले पुरस्कृत गरेर कृषि क्षेत्रमा लाग्न हौसला तथा थप जिम्मेवार बनाएको प्रतिक्रिया रहेको थिए । प्रत्येक वर्ष अक्टोबर १६ मा खाद्य प्रविधि, गुणस्तर र खाद्यमा पहुँचका लागि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइन्छ । दिवसकै अवसरमा गरिएको ‘जलवायू परिर्वतनले कृषीमा पर्ने असर’ शिर्षकमा बिद्यालय स्तरिय बक्तृत्वकला प्रतियोगिताका बिजेता ४ जना बिद्यार्थीहरुलाई नगद पुरस्कार समेत बितरण गरिएको थियो । 

विश्वभर जलवायु परिवर्तनसँगै कृषि र खाद्य सुरक्षा चुनौतीपूर्ण बन्दै गएको तर्फ विश्वका मुलुकहरुलाई सचेत गराउन यसवर्षको नारा जलवायु परिवर्तन सम्बन्धी राखिएको बरिष्ठ कृषी बिकास अधिकृत बिष्टले जानकारी दिनु भएको छ । संयुक्त राष्ट्र संघको विशिष्टिकृत निकाय खाद्य तथा कृषि संगठनको आह्वानमा जिल्ला कृषी बिकाश कार्यालय डडेल्धुराले दिवसको आयोजना गरेको हो ।

यस्तै जिल्ला कृषी बिकास कार्यालय डडेल्धुराले आर्थिक बर्ष २०७३÷०७४ मा सञ्चालन हुने आयोजना तथा कार्यक्रम समेत सार्वजनीकिकरण गरेको छ । सार्वजनीकीकरण कार्यक्रममा कार्यालयको उद्देश्य, कार्यनिती, सेवा प्रवाह संरचना, दरबन्दी विवरण, आर्थिक बर्ष २०७३÷०७४ मा सञ्चालन हुने कार्यक्रमहरु, आर्थिक बर्ष २०७३÷०७४ को बार्षीक बजेट लगायतका मुख्य–मुख्य कार्यक्रमहरुका बारेमा जानकारी गराइएको थियो । आर्थिक बर्ष २०७३÷०७४ को बार्षिक कार्यालयको जम्मा बजेट ६ करोड, ७२ लाख, ७६ हजार, कार्यक्रम बजेट ४ करोड ५१ लाख ६६ हजार, उपभोक्ता तथा कार्यालय संचालन बजेट २ करोड, २१ लाख, १० हजार रहेको छ ।

यस्तै जिल्ला पशु सेवा कार्यालय डडेल्धुराले पशुपंक्षी मन्त्रालयबाट प्राप्त आर्थिक बर्ष २०७३÷०७४ मा सञ्चालन हुने अनुदान सहित सञ्चालन हुने कार्यक्रमहरु सार्बजनीक गरेको छ ।  कुखुराका चल्ला बितरण, जैबिक सुरक्षा सामाग्री बितारण, मासु पसल सुधार, यूवा लक्षित बाख्रा, गाई, भैसी पालन, भकारो सुधार, गौशाला स्थापना, बजारीकरण, सहकारी खेती, राष्ट्रिपती चुरे संरक्षण, कृषी तथा खाद्य सुरक्षा, पशु बिकास लगायतका कार्यक्रमहरु सार्वजनीक गरेको हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान