९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बर्दघाटमा संचालित ब्यापार मेला २ दिन थपियो, शनिवार मेलामा दर्शकहरु अटाएनन्

४ मंसिर २०७३, शनिबार १४:१३

कृष्ण ढकाल/ मंसीर–४, नवलपरासी ।  बर्दघाटमा संचालीत कृषि ,पर्यटन तथा औद्योगीक ब्यापार मेला २ दिन थपिएको छ । कार्तिकको २५ गतेवाट शुरु भएको मेला मंसीरको ५ गते सम्म संचालन गर्ने भनिए पनि मेलाको रौनकता दिन प्रतिदिन बढ्न थाले पछि मेला २ दिन थपगरीएको आयोजक संस्थाका अध्यक्ष मिनराज शर्माले बताउनु भएको छ। मंसीरको ५ गते समापन गर्ने भनिएको मेला अब मंसीरको ७ गते सम्म संचालन हुने भएको छ। बर्दघाटमा संचालीत ब्यापार मेलाको १० औं दिन शनिवार परेकाले मेलामा दर्शकहरुको भिडभाड खचा खच रहेको थियो शनिवार करिव २५ हजार दर्शकले मेला अवलोकन गरेको आयोजकले बताएको छ । त्यसै गरी मेलामा शनिवारमा करिव ८० लाख बढीको आर्थिक कारोवार भएको आयोजक संस्थाका महासचिव लेखनाथ न्यौपानेले बताउनु भएको छ। शनिवार लोक तथा दोहीगायक बिमलराज क्षेत्री, लोक गायक युवराज भुषाल,डान्सर रमा न्यौपाने, मोडल डान्सर अंजली अधिकारी लगाएत स्थानिय कलाकारहरुको प्रस्तुती रहेको मेलाका  सांस्कृतिक संयोजक कृष्ण प्रसाद पाण्डेले बताउनु भएको छ ।


स्थानिय कृषी,पर्यटन तथा ब्यापारको पर्वद्धन गर्ने उद्धेश्यले बर्दघाट उद्योग वाणीज्य संघले आयोजना गरेको उक्त बर्दघाट कृषी,पर्यटन तथा औद्योगीक ब्यापार मेलामा सुचना पं्रविधि (आईटी,) कृषि, पर्यटन, बाल उद्यान ,स्थानिय घरेलु उत्पादन,तथा लत्ता कपडा आदिको स्टलहरु राखिएको छ । त्यस्तै मेलामा तयारी पोशाक, जुत्ता र छालाजन्य उत्पादन, हस्तकला, घरायसी उपभोगका सामान, फर्निचर, निर्माण समाग्रीहरु, खाद्य परीकार, खेलौना, अटोमोबाईल, सेनेटरी वेयर, कृषि औजार तथा समाग्री, कृषि उत्पादन, पर्यटन र सूचना केन्द्र एवं प्रबद्र्धनका स्टलहरु राखिएका छन् । स्थानिय तथा राष्ट्रि कलाकारहरुको सांस्कृति कार्यक्रमहरु र डुंगा सफारी मेलाको मुख्य आकर्षण रहेको छ । मेला मंसिर७ गते सम्म संचालन हुने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो