मोहम्मद ईजहार शेष/मङ्सिर ५, नवलपरासी । गँहु छर्ने बेलामा बजारमा बिउ र मलखादको अभाव भएको नवलपरासीका किसानहरुले बताएका छन । कात्र्तिक महिनाको अन्तिम हप्तादेखि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहम्मद ईजहार शेष/मङ्सिर ५, नवलपरासी । गँहु छर्ने बेलामा बजारमा बिउ र मलखादको अभाव भएको नवलपरासीका किसानहरुले बताएका छन । कात्र्तिक महिनाको अन्तिम हप्तादेखि"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

गँहुको बिउ र मलखादको अभाव भएपछि नवलपरासीका किसान चिन्तीत

५ मंसिर २०७३, आईतवार १३:२६


मोहम्मद ईजहार शेष/मङ्सिर ५, नवलपरासी । गँहु छर्ने बेलामा बजारमा बिउ र मलखादको अभाव भएको नवलपरासीका किसानहरुले बताएका छन । कात्र्तिक महिनाको अन्तिम हप्तादेखि मंसिर १५ गते भित्र गँहु छर्न उपयुक्त समय मानिने भएपनि अहिले नवलपरासीमा गँहुको बिउ र मलखाद अभाव भएको छ । 

गँहुको बिउ र मलखाद अभाव भएपछि उत्पादन घट्ने हो कि भनेर किसान चिन्तामा परेका छन । गाँउगाँउवाट किसानहरु अहिले बिउ र मलका लागि भन्दै सदुरमकाम परासी धाईरहेका छन । तर दिनभरी लाईन वस्दा पनि विउ र मल नपाएपछि रित्तै फर्किनुपरेको किसानको गुनासो छ । 

नवलपरासीमा जिल्ला कृषि विकास कार्यालयको सिफारिसमा राष्ट्रिय विउविजन कम्पनी भैरहवाका डिलरहरु मार्फत चालिस प्रतिशत अनुदानमा गहुँको विउ र मल विक्री भईरहेको कृषि कार्यालयले जनाएको छ । कार्यालयले गत वर्षकै अनुपातमा अर्थात करिव साढे चार सय मेट्रीक टन विउ र मल आवश्यक पर्ने गरि सिफारिस गरेको भएपनि अहिले गहुँ खेति गर्ने किसानको संख्या बढेको तथा विगत वर्षमा भारतबाट विउ ल्याउने किसानले समेत अहिले नेपालकै विउ प्रयोग गर्न थालेपछि माग बढेको कार्यालयले जनाएको छ । मल विउको अभाव भन्दा पनि गहुँ खेति गर्ने किसानको संख्या बढेकाले अभाव भएको जस्तो देखिएको जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत योगेन्द्र यादवले बताउनुभयो ।  अहिले भारतमा ५ सय र हजारको नोट प्रतिवन्ध लागेपछि नेपाली रुपैँयाको समेत अवलम्बन भएकाले पनि नेपाली किसानहरु विउ खरिदका लागि भारत गएका छैनन । 

नवलपरासीमा कुल  १८ हजार ७ सय २० हेक्टर क्षेत्रफलमा गँहु खेति गरिन्छ । उक्त क्षेत्रफलमा गरिएको गँहु खेतिमा गत वर्ष  ३५ हजार ९१ मेट्रिकटन गँहु उत्पादन गरिएको थियो भने यो वर्ष माटोमा चिस्यान राम्रो भएकाले गँहुका उत्पादनमा बृद्धि हुने कार्यालयले अनुमाान गरेको छ । तर किसानले भने समयमा मल विउ नपाए उत्पादन घट्न सक्ने बताएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो