पुस १०, जरकोट । यस वर्ष जिल्लामा रु नौ करोड बराबरको सुन्तला उत्पादन भएको छ । 

गत वर्षभन्दा पाँच प्रतिशतले उत्पादनमा वृद्धि भएको जिल्ला कृषि व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस १०, जरकोट । यस वर्ष जिल्लामा रु नौ करोड बराबरको सुन्तला उत्पादन भएको छ । 

गत वर्षभन्दा पाँच प्रतिशतले उत्पादनमा वृद्धि भएको जिल्ला कृषि व"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जाजरकोटमा नौ करोडको सुन्तला उत्पादन

२० पुष २०७३, बुधबार ०९:१०


पुस १०, जरकोट । यस वर्ष जिल्लामा रु नौ करोड बराबरको सुन्तला उत्पादन भएको छ । 

गत वर्षभन्दा पाँच प्रतिशतले उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत डा श्रीराम घिमिरे जानकारी दिनुभयो । ढिमे, डाँडागाउँ, लहँ, खलङ्गा, खगेनकोट, पैक, झाप्रा, कार्कीगाउँ, पुन्मा, भुरलगायत गाविसमा सुन्तला उत्पादनमा वृद्धि भएको हो । 

सुन्तलाखेतीको लागि अनुकूल मौसम भएका कारण उत्पादनमा वृद्धि भएको हो । जिल्लाको ३६० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती विस्तार गरिएको छ । एक सय ८० हेक्टरमा रु नौ करोड १२ लाखको एक हजार ८२४ मेट्रिक टन सुन्तला उत्पादन भएको घिमिरेले बताउनुभयो । 

सुन्तलाखेतीबाट मनग्य आम्दानी हुन थालेपछि यहाँका किसान यसतर्फ आकर्षित भएका छन् । सुन्तलाखेती गर्ने किसानको सङ्ख्या पछिल्लो समय बढ्दै गएको छ । कृषकले वार्षिकरुपमा रु एक लाखदेखि रु छ लाखसम्म आम्दानी गर्ने गरेका छन् । सुन्तलाखेतीको पकेट क्षेत्र दम्दाला गाउँमा मात्र एक करोडको सुन्तला उत्पादन भएको छ । 

परम्परागत मकै, गहुँ, जौ, कोदो, फापर लगाउने खेतबारीमा कृषकले सुन्तलाखेती गर्न थालेका छन् । कृषकले बोटबाटै सुन्तला प्रतिकिलो रु ५० मा बिक्री गर्दैआएका छन् । उक्त सुन्तला बजारमा रु ८० देखि ९० मा बिक्री हुने गरेको छ । यहाँ उत्पादन भएको सुन्तला जुम्ला, डोल्पा, रुकुम, सुर्खेत तथा स्थानीय बजारमा खपत हुँदै आएको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह