2026-10-21 04:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ

काठमाडौँ | ठगीमा संलग्न रहेको अभियोगमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-२ गठ्ठाघर बस्ने सप्तरी कञ्चन रूप नगरपालिका-१२ घर भएका २६ वर्षीय विवेक रेग्मी, ललितपुर महालक्ष्मी नगरपालिका-२ बालकुमारी बस्ने भारत तेलंगाना हैदरावाद बोरण्डा थाना घर भएका ३९ वर्षीय हुसेन सैयद, ४४ वर्षीय साजिद ओमर सैयद, भारत तेलंगाना हैदरावाद चारमिनार थाना घर भएका ३४ वर्षीय महम्मद ईमरान, ३३ वर्षीय मिर खालिद हुसेन, ४० वर्षीय रजाक महम्मद र भारत तेलंगाना हैदरावाद कुकडपल्ली थाना घर भएका ४२ वर्षीय समादा गिरी छन् ।

काठमाडौँ महानगरपालिका-१० थापा गाउँ लाखे चौर मार्गस्थित सिर्तेल होलिडेज प्रालि नामको ट्राभल एजेन्सीबाट सर्वसाधारण व्यक्तिहरूलाई युरोप, एसिया, अफ्रिका लगायत १ सय ७५ देशमा भ्रमणमा जानको लागि विभिन्न नम्बरबाट फोन गरी ट्राभल लोटरी परेको छ भनी झुक्यानमा पारी अत्यन्त सस्तो दरमा भ्रमण गराउने भनी विश्वास दिलाई पीडितहरूबाट रकम लिई भ्रमण नगराई रकम समेत फिर्ता नगरी ठगी गरेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई सोही कार्यालयबाट पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले हालसम्म ३२८ जना पीडितहरूबाट २ करोड ७२ लाख ६५ हजार ५७४ रुपैयाँ ठगी गरेको खुल्न आएको छ । साथै प्रहरीले उनीहरूको साथबाट नेपाली नगद ७ लाख रुपैयाँ, कम्प्युटर १ थान, ल्यापटप एक थान, ट्याब एक थान, विभिन्न छाप पाँच थान, रिसिप्ट प्याड तीन थान, विभिन्न व्यक्तिहरूको नाम, वतन, मोबाइल नम्बर समेतकोको विवरण उल्लेखित कुपनको अर्धकट्टी पाँच हजार ७५ थानलगायतका सरसामान बरामद गरेको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ