पर्वत । माघेसंक्रान्तिलाई हाम्रो समाजमा विशेष दिनका रुपमा लिइन्छ । यस दिन खिचडी, तरुल सखरखण्ड–चाकु लगायतका विविध परिकार खाने गरिन्छ । यही दिनलाई  भने पर्वत कुश्माका स्रष्टाहरुले फरक ढंगले सेलिब्रेसन गरे । धौलाग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...    पर्वत । माघेसंक्रान्तिलाई हाम्रो समाजमा विशेष दिनका रुपमा लिइन्छ । यस दिन खिचडी, तरुल सखरखण्ड–चाकु लगायतका विविध परिकार खाने गरिन्छ । यही दिनलाई  भने पर्वत कुश्माका स्रष्टाहरुले फरक ढंगले सेलिब्रेसन गरे । धौलाग"/>
२०८२, १४ चैत्र शनिबार
कृषि गतिबिधी

पाँच कविः एउटै मञ्चमा पोखिए

२०७३, ४ माघ मंगलवार ०५:२९

   पर्वत । माघेसंक्रान्तिलाई हाम्रो समाजमा विशेष दिनका रुपमा लिइन्छ । यस दिन खिचडी, तरुल सखरखण्ड–चाकु लगायतका विविध परिकार खाने गरिन्छ । यही दिनलाई  भने पर्वत कुश्माका स्रष्टाहरुले फरक ढंगले सेलिब्रेसन गरे । धौलागिरिका पाँच कवि गणेशकुमार जिसी, ओमप्रसाद घायल, संगीतश्रोता, भरत विवश पौडेल र आरके अदीप्त गिरीलाई प्रगतिशिल लेखक संघ पर्वतले कविता बाचनाको लागि एउटै मञ्चमा उभ्याएको थियो ।

करिब २ सय दर्शकहरुका विच कविहरुले आ–आफ्ना पाँच÷पाँच कविताहरु बाचन गरेका थिए । एउटै मंचबाट फरकफरक विषयका कविताहरु सुन्न पाउँदा दर्शकहरु मख्ख थिए । पाँच सय र दुई सयको टिकट काटेर कविता सुन्न पुगेका दर्शकलाई कविका कविताहरुले मुग्ध पारेको थियो ।

ढाका टोपी र कालो कोटमा उपश्थित कवि आरके अदिप्त गिरी पहिलो कविका रुपमा मञ्च उक्लिए । ‘आमाको दुःख’ शिर्षकको कविताबाट उनले आफ्नो वाचनलाई अगाडी बढाए । उनको यस कविताले आमा शब्दको महिमा र गरिमालाई महत्वका साथ बोलेको थियो । त्यसपछि उनले ‘नभेटिने क्षीतिज’ शिर्षकको कविता पस्के । उनको यस कविताले प्रेमको निराशा, निसारता र भय विषय व्यक्त गरेको थियो । त्यसपछि क्रमशः उनले ‘स्वास्नी मान्छेको उडान’, ‘निरमाया र उसको शहर’ र ‘पराजित यात्रा’ शिर्षकका कविता लगालग सुनाए । वाचित कविताले दर्शकहरुको मन राम्रैसँग जितेको थियो । 


कवि अदीप्त पछिको मञ्च स्रष्टा भरत विवश पौडेलले लिए । उनले ‘जागिरको समिकरण’ शिर्षकको कविताबाट वाचन अगाडि बढाए । यो मेलोमा उनले क्रमशः ‘घण्टाघर र रानीपोखरी’, ‘मेरो देश’, ‘अझँै एउटा कविता लेख्छु’ र ‘परिर्वतन’ शिर्षकका कविता वाचन गरे । राष्ट्रियता, सामाजिक मुल्य र वर्तमानका विविध तिक्तताहरु उनका कविताले बोलेका थिए ।

कवि विवश पछि मञ्चमा संगीतश्रोता उक्लिए । उनले नारीको सामाजिक उपस्थिति र अर्थ बोल्ने ‘महिलाहरु कहाँ छन् ?’ शिर्षकको कविताबाट आफ्नो बाचन श्रृखला अगाडि बढाए ।  उनको दोस्रो कविता थियो ‘हेडसर र बसन्ती संवाद’ । त्यसपछि उनले ‘झोला’, ‘मोदनाथको ठेगना खोज्दै हिँडेका पृथ्वीनारायणका प्रेतहरु’ र ‘सुइ’ शिर्षकका कविता वाचे । उनका कवितामा मानविय मुल्य, दयनीय वर्तमान परिवेश र सामाजिक विभिषीका लगायतका भाव व्यक्त भएका थिए ।

त्यस लगत्तैको पालोमा थिए, कवि ओमप्रसाद घायल । उनले निम्न बर्गका बोली, सामाजिक अन्यया र असमानता लगायतका भावका ‘आमा’, ‘नयाँ नेपाल’, ‘भगवानको अवतार’, ‘सम्पादकलाई ज्ञापन पत्र’ र ‘यात्रा’ कविता प्रस्तुत गरे ।

घायलपछि अन्तिममा कवि गणेशकुमार जिसी मञ्चमा झुल्किए । उनले ‘इच्छा पत्र’, ‘शासकको नाममा’, अग्नियात्रा आदि शिर्षकका कविता वाचन गरे । उनका कवितामा समाजको उत्थान–पतन, आशा–निराशा, मानवीय आकांक्षा, राजनीतिक आडम्वर र छलले निम्त्याएको समय स्थीति जस्ता विषय भावहरु व्यक्त भएका थिए ।

 सिर्जनाको सामाजिक मुल्य स्थापित गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको प्रलेस अध्यक्ष अर्जुन पौडेल निर्जनले प्रतिक्रिया दिए । ‘यसले यस क्षेत्रको साहित्यिक दायरा फराकिलो हुने र गुणात्मक सिर्जनाहरु जन्मिनेमा म विश्वस्त छु’, उनले भने । धौलागिरि क्षेत्रबाट पनि यस किसिमका कविताहरु लेखिदो रहेछ भन्ने सन्देश प्रवाह होस भन्ने उद्घेश्यले पनि यो कार्यक्रम आयोजना गरिएको उनको मत थियो । 

कार्यक्रममा पाँच कविहरुलाई पोखरा, बाग्लुङ, म्याग्दीबाट आएका स्रष्टाहरुले शुभेच्छाका शब्दहरु कार्यक्रमको विचविचमा बोलेका थिए । उनीहरुको प्रतिक्रिया पनि भिन्न शैली र प्रवृत्तिको यस्तो कार्यक्रमले यस क्षेत्रको साहित्यक गतिविधीमा पनि नयाँ गति र प्रभाव परेको उल्लेख गरे ।

टिकटमा कविता बाचन गरिएको यो कार्यक्रम पर्वतमा नै पहिलो भएको आयोजकको दाबी  छ । कार्यक्रमको अन्तिममा कविहरुलाई आयोजकले टिकटबाट संकलित रकमको खर्च कटाएर पारिश्रमिक दिएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने