१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बाजुराका खडेरी क्षेत्रमा चारसय मेट्रिक टन चामल

५ माघ २०७३, बुधबार ०६:०८

प्रेम रौले/माघ ५, बाजुरा । जिल्लाका खडेरी प्रभावित भएका पाँच गाविसमा रु ३० लाखको चामल सहयोग गरिएको छ । 

कामका लागि खाद्यान्न कार्यक्रमअन्तर्गत बाजुरा जिल्लामा सुक्खा तथा खडेरी प्रभावित गाविसमा रहेका समुदायका लागि राहतस्वरुप चामल सहयोग गरिएको बताइएको छ । 

गाविसका प्रत्येक वडामा विकास निर्माणका पूर्वाधारको संरचना निर्माण गरेपछि दैनिक ज्यालामा काम गराएर चामल सहयोग गरिएको विश्व खाद्य कार्यक्रम, बाजुराका संयोजक गणेश पाध्यायले बताउनुभएको छ । चामल सहयोग मानाकोट, दहकोट, रुगिन, साप्पाटा र विच्छ्या गाविसमा गरिएको पाध्यायले बताउनुभयो । 

गाविसहरु कृषि विकास कार्यालय र जिल्ला विकास समितिको सिफारिसमा छनोट गरिएका थिए । बढी प्रभावित र स्थानीय आयस्तरलाई हेरेर कामका लागि खाद्यान्न सञ्चालन गरिएको साझेदार संस्था सप्रोप नेपालका कार्यक्रम संयोजक बलबहादुर रोकायाले बताउनुभएको छ । 

खडेरी प्रभावित १३ गाविसमध्ये छनोट गरिएका छ गाविसमा बढी जोखिम र प्रभावित रहेको जिल्ला कृषि विकास कार्यालय बाजुराका निमित्त कृषि विकास अधिकृत मीनप्रसाद जैशीले बताउनुभएको छ । 

कार्यक्रम एक वर्षसम्म सञ्चालन गरिएको हो । खडेरी र प्राकृतिक प्रकोपका कारण २०७२÷०७३ मा रु साढे १६ करोड र २०७३÷०७४ मा रु ११ करोडभन्दा बढीको अन्नबाली जिल्लामा नोक्सानी भएको थियो । 

कार्यक्रममा पाँच गाविसमा तीनहजार १३३ घरधुरी लाभान्वित भएको बताइएको छ जसमध्ये विच्छ्यामा ७२.१५ मेट्रिक टन, दहकोटमा ११२.०८, रुगिनमा ७२, मानाकोटमा ६७.०५ र साप्पाटामा १४५.९५ गरी जम्मा ४६९.९५ मेट्रिक टन चामल सहयोग गरिएको छ । 

खडेरीले उत्पादन नहुने हँुदा रोजगारीको अभावमा आम्दानी पनि नहुने हुँदा उच्च जोखिममा रहेको समुदायलाई लक्षित गरी कार्यक्रम सुरु गरिएको थियो । कार्यक्रमअन्तर्गत मानाकोटमा कृषि सडक र खानेपानी मर्मत गरिएको छ भने दहकोटमा तीन सिँचाइ कुलो, खच्चर बाटो निर्माण तथा स्वास्थ्य चौकी एकाइ भवन निर्माण गरिएको छ । 

त्यसैगरी, साप्पाटा, रुगिन र विच्छ्यामा पनि खोनपानीका मुहान मर्मत, दर्जनभन्दा बढी सिँचाइ कुलो मर्मत, खच्चर बाटो निर्माण गरिएको छ । कार्यक्रमअन्तर्गत मानाकोटमा ६६, साप्पटामा एक र दहकोटमा ४६ भकारो सुधार निर्माण गरिएको बताइएको छ । 

खाद्यान्न नभएर भोकभोकै बस्नुपर्ने अवस्था थियो, कार्यक्रमले ठूलो राहत पुगेको विच्छ्याका धर्मराज सुनारले बताउनुभयो । यसबाट सुक्खा खडेरी प्रभावित क्षेत्रका लागि सहयोग भएको निमित्त स्थानीय विकास अधिकारी प्रेमबहादुर सिंहले बताउनुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह