२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

रोल्पामा उत्पादित सुगन्धित तेल युरोप, अमेरिकासम्म

७ माघ २०७३, शुक्रबार ०५:३३

कविता उपाध्याय/माघ ७, रोल्पा । रोल्पामा उत्पादन तथा प्रसोधन गरी तयार गरिएको सुगन्धित तेल भारत, युरोप हुँदै अमेरिकासम्म पुग्ने गरेको छ । यसबारेको जानकारी आईडीई नेपाल, जडिबुटी तथा सुगन्धित तेल कार्यक्रमका कार्यक्रम अधिकृत विजय श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार कृषि उत्पादकत्व वृद्धि तथा व्यवसायीकरण परियोजनाले रोल्पा जिल्लाको मिझिङ गाविसमा करिब अढाइ वर्ष पहिलेदेखि क्यामोमिल, मेन्था, सिट्रोनिला, पामारौजालगायतका सुगन्धित तेलको उत्पादन गर्दै आएको भएपनि दुई वर्षदेखि जडिबुटी प्रसोधन गरी तेल निकाल्न सुरु गरेकोे हो ।

यसरी जिल्लामा उत्पादित तथा प्रसोधित सुगन्धित तेल तथा अन्य जडिबुटी नेपालगन्ज र काठमाडौँका ब्यापारीले खरिद गर्दै आएकोमा पछिल्ला दिनमा सिधै भारत, युरोप र अमेरिका निर्यात हुन थालेको श्रेष्ठको भनाइ छ ।

मिझिङ गाविसका किसानहरुले विभिन्न सामुदायिक वनहरु तथा बाँझो जमिनबाट तीतेपाती सङ्कलन गरी सुनाछहरी जडिबुटी प्रसोधन केन्द्रमा प्रसोधन गरी सुगन्धित तेल उत्पादन तथा बजारीकरण गर्दै आएका छन् । हाल टिमुरबाट पनि सुगन्धित तेल निकाल्नका लागि तयारी भइरहेको छ । श्रेष्ठका अनुसार जडिबुटी खेती तथा प्रसोधनबाट हालसम्म मिझिङ गाविसका १०७ घरधुरी लाभान्वित भएका छन् ।

यसरी जडिबुटी उत्पादन तथा प्रसोधनका लागि सामुदायिक वनमा आबद्ध भएका ब्यक्तिहरु, थोरै भएपनि खेतीयोग्य जमिन भएका परिवारहरु, सामुदायिक वनका ‘ग’ वर्गका उपभोक्ताहरु तथा सिँचाइको सुविधायुक्त जमिन हुने घरधुरीलाई प्राथमिकतामा राखिएको छ ।

मिझिङ–७, छिर्नेमा करिब पाँचलाख मूल्य बराबरको मेसिन राखिएको भएपनि व्यवस्थित हुन नसकेपछि हाल मेसिन सुलिचौर–१ रुइनिबाङमा पुनःस्थापना गरिएको छ । डिस्टिलेसन युनिटबाट जडिबुटी प्रसोधन गरी सुगन्धित तेल निकालिन्छ । हाल समूदायको मातहतमा रहेको जडिबुटी प्रसोधन केन्द्रलाई निकट भविष्यमा स्थानीय जडिबुटी व्यापारीद्वारा व्यवस्थापन गर्ने बताइएको छ ।

यसरी व्यवस्थापन भइसकेपछि ती व्यापारीले समुदायबाट कच्चा जडिबुटीहरु, तीतेपाती र सिट्रोनेला खरिद गरी प्रसोधन गर्नेछन् । यसरी अगाडि बढ्दा जडिबुटीका कृषकहरुलाई बजारीकरणमा सहजता हुनुका साथै जडिबुटीको उचित व्यवस्थापन हुने परियोजनाले जनाएको छ ।

औषधिको रुपमा, सृङ्गारका सामग्री निर्माण गर्न तथा सरसफाइका सामग्रीहरु बनाउनका लागि यी तेलहरु प्रयोग गर्ने गरिन्छ । मिझिङ–६ छिर्ने, रोल्पाका रुपलाल महराका अनुसार मेन्थाबाट सोचेअनुसार आम्दानी हुन सकिरहेको छैन तर तीतेपातीबाट मनग्य आम्दानी हुँदै आएको छ ।

यस्तै, मिझिङ–९ रोल्पाका गोवद्र्धन महराका अनुसार खेर गइरहेको तीतेपातीबाट सोचेभन्दा बढी आम्दानी भएपछि उहाँको दैनिकी नै फेरिन थालेको छ ।

वन जङ्गलमा खेर गइरहेको जडिबुटी सङ्कलन गरी बजारीकरण गर्न पाउँदा फुर्सदको समयको सदुपयोग पनि हुने र दैनिक खर्च चलाउनका लागि आम्दानी पनि हुने भएपछि हर्षित भएका किसानहरुलाई यो कार्यक्रम २०७३ फागुनसम्म मात्र रोल्पा जिल्लामा सञ्चालन हुने जानकारी भएपछि भने चिन्तित बन्दै गएका छन् ।

हाल दाङ, बाँके र रोल्पा जिल्लामा सञ्चालनमा रहेको कार्यक्रमको रोल्पा जिल्लामा समयावधी थप गर्नुपर्ने सम्वन्धित जडिबुटी खेतीमा आबद्ध किसानहरुको माग छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान