२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

सिन्धुपाल्चोकका कृषक व्यावसायिक कृषिबाट आत्मनिर्भर बन्दै

२०७३, १० माघ सोमबार १२:३१

माघ १०, मेलम्ची । सिन्धुपाल्चोक जिल्ला मेलम्ची क्षेत्रका कृषक व्यावसायिक कृषिबाट आत्मनिर्भर हुन थालेका छन् । 

कृषि पेसाबाटै लाखौँ आम्दानी गर्न सफल मेलम्ची नगरपालिका–९ थाक्लेका रमेश पराजुली यस क्षेत्रकै उदाहरण बन्नुभएको छ । दुई दशकअघिबाट कृषिमा व्यावसायिकरुपले संलग्न हुनुभएका उहाँले यो पेसा आफ्नो मुख्य रोजाइमा रहेकोे बताउनुभयो । 

प्याजको बेर्ना उत्पादन गरेर बेचेकै भरमा आफू आत्मनिर्भर बन्न सफल भएको उहाँको भनाइ छ । पराजुलीले अहिले दुई रोपनी जग्गामा प्याजको बेर्ना लगाउनुभएको छ । विगत २० वर्षदेखि मेलम्ची बजारको आमाह्याल्मो चोकमा डोकामा प्याजको बेर्ना ल्याएर व्यापार शुरु गर्नुभएका अहिले उहाँको वार्षिक आम्दानी रु एक लाखभन्दा बढी छ । 

बेर्नासँगै आफूले गर्दै आएको जुनार खेती र महको व्यापारले जीविकोपार्जनलाई थप टेवा पुगेको पराजुलीले बताउनुभयो । 

समय समयमा जिल्ला कृषि विकास कार्यालयले किसानका लागि क्षमता अभिवृद्धि तथा विभिन्न किसिमको कार्यक्रम सञ्चालन गरेर उत्प्रेरणा दिने गरेकाले पनि आफूहरुलाई कृषि पेसामा रम्न सहज भएको यहाँका किसान बताउँछन् । 

बाह्र वर्षदेखि कृषि पेसामा आबद्ध मेलाम्ची–१२, बगुवाका किसान लेखनाथ खतिवडा पनि जिल्लाको उत्कृष्ट किसानका रुपमा परिचित हुनुहुन्छ । 

कुनै बेला उत्पादन नहुँदा आजित भएर भारतको कार्गिल छिरेका खतिवडा नेपाल फर्केपछि जाइकाले कृषिका लागि अभिप्रेरित गर्न निःशुल्क तालिम र टिडी फार्म सञ्चालन गर्न सिकाएपछि अहिले मनग्य आम्दानी गर्न सफल हुनुभएको हो । 

जिल्ला कृषि विकास कार्यालयबाट पटक पटक सम्मान तथा पुरस्कारले कृषिमा लगाव र हौसला मिलेको खतिवडाले बताउनुभयो । 

जिल्लाको उत्कृष्ट कृषकका रुपमा परिचित खतिवडाले वार्षिक रु पाँच लाख बढी आम्दानी गर्नुहुन्छ । मौसमी तथा बेमौसमी तरकारी उत्पादनबाट उहाँले राम्रो गर्न सफल हुनुभएको हो । 

घरदेखि नजिकै रहेको मेलम्ची बजारमा आफूले उत्पादन गरेको तरकारी बिक्री गर्ने गर्नुभएका खतिवडा सिङ्गो गाउँको नमुना कृषक बन्नुभएको छ । तालिमलिएपछि व्यावसायिकरुपले कृषि पेसामा लाग्नुभएका खतिवडाबाट सिकेर सिङ्गो गाउँ नै यो पेसामा आकर्षित भएका हुन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु