प्रकाश धौलाकोटी/माघ १३, तेह्रथुम । मुख्य सिजनमै भाउ नपाएपछि तेह्रथुमका अम्लिसो किसानहरु चिन्तित बनेका छन् । राम्रो मुल्य पाउने आशामा अम्लिसोको व्यवसायिक खेत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रकाश धौलाकोटी/माघ १३, तेह्रथुम । मुख्य सिजनमै भाउ नपाएपछि तेह्रथुमका अम्लिसो किसानहरु चिन्तित बनेका छन् । राम्रो मुल्य पाउने आशामा अम्लिसोको व्यवसायिक खेत"/>

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भाउ नपाएपछि तेह्रथुमका अम्लिसो कृषक चिन्तामा

२०७३, १३ माघ बिहीबार ०३:०९


प्रकाश धौलाकोटी/माघ १३, तेह्रथुम । मुख्य सिजनमै भाउ नपाएपछि तेह्रथुमका अम्लिसो किसानहरु चिन्तित बनेका छन् । राम्रो मुल्य पाउने आशामा अम्लिसोको व्यवसायिक खेती गर्न जुटेका किसानहरु बिक्री गर्ने समयमा मुल्य नपाउँदा मारमा परेका छन् । 

किसानले भिरालो, पाखो र खाली जमीनमा मात्रै खेती गर्दै आएको अम्लिसो अहिले खाद्यान्न बाली लाग्ने जमीनमा पनि लगाएका थिए । तर  फल लागेर कमाई गर्ने बेलामा अम्लिसोले भाउ नपाएपछि किसान चिन्तित बनेको ईवा–६ कालिपाका कृषक मिनराज गुरुङले बताउनुभयो ।

यो वर्ष ग्रामीण बजारहरुमा अम्लिसो प्रति केजी २० रुपैयाँले कारोबार भइरहेको छ । तर सो मुल्यमा पनि अम्लिसो विक्री गर्न समस्या रहेको उहाँले बताउनुभयो । गएको वर्ष मात्रै अम्लिसो प्रति केजी १ सय रुपैयाँसम्म कारोबार भएको थियो । राम्रो मुल्य पाउने आशामा किसानले अम्लिसो खेती थालेपनि एकै वर्षको अन्तरालमा ह्वात्तै मुल्य घटेकाले किसान मर्कामा परेका हुन् । 

अम्लिसोबाट नगद आम्दानीसँगै गाईबस्तुकालागि घाँस र बन जोगाउन समेत मदत पुग्ने भएकालेपनि किसान अम्लिसो खेतीमा आकर्षित थिए । अम्लिसो खेतीमा व्यवसाियक बन्न जिल्ला बन कार्यालय  र सामुदायिक बन उपभोक्ता महासंघले समेत सहयोग पु¥याउदै आएका छन् । जिल्लामा अलैँचीपछि अम्लिसो दोश्रो ठुलो आम्दानी हुने नगदेबाली हो । 

तर मुल्यमा गिरावट आएकाले समस्यामा पारेको हमरजुङका किसान शेरबहादुर लिम्बुले बताउनुभयो । ‘गाउँ–गाउँमा सडक सन्जाल विस्तारसँगै अम्लिसोको बजारीकरणमा सजिलो भएको छ, सुदाप–४ का लोकमान लिम्बुले भन्नुभयोे, ‘अम्लिसो घरैबाट विक्री हुन्छ, तर यो वर्ष मुल्य पाएनँ ।’ अम्लिसोले भाउ नपाउँदा बैकल्पिक खेती रोज्नुपर्ने बाध्यतासमेत किसानमा थपिएको छ ।

 वर्षभरि काम गरेर गाँस बासकालागि त्यसैको कमाईको आशमा हुने किसानलाई अम्लिसोको घटेको मुल्यले निराश बनाएको लिम्बुले बताउनुभयो । एक वर्षयता जिल्लाका २ सय बढी सामुदायिक तथा कबुलियती बन समुहमा अम्लिसो खेती लगाइएको जिल्ला बन कार्यालयले जनाएको छ । जिल्लामा जम्मा ३ सय २८ सामुदायिक र ९६ वटा कबुलियती बन समुह रहेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने