प्रेम सुनार/माघ २०, गुल्मी । गुल्मीका एक युवाले कोरियामा मासिक २ लाख तलव पाउने जागिर त्यागेर गाउँमा आई दुग्ध व्यवसाय सञ्चालन गर्दै आएका छन् ।&n"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार/माघ २०, गुल्मी । गुल्मीका एक युवाले कोरियामा मासिक २ लाख तलव पाउने जागिर त्यागेर गाउँमा आई दुग्ध व्यवसाय सञ्चालन गर्दै आएका छन् ।&n"/>

२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुल्मीका एक युवाले कोरियाको मासिक २ लाख छाडेर गाउँमा दुग्ध व्यवसाय

२०७३, २० माघ बिहीबार ०६:१०


प्रेम सुनार/माघ २०, गुल्मी । गुल्मीका एक युवाले कोरियामा मासिक २ लाख तलव पाउने जागिर त्यागेर गाउँमा आई दुग्ध व्यवसाय सञ्चालन गर्दै आएका छन् । 

गुल्मीको दिगाम–५ पुर्खेयौली घर भएका  ३५ वर्षिय रविजलाल पन्थले रिडी वजारमा रिडी वजारमा करिव १० लाख लागतमा गौरव दुग्ध डेरी सञ्चालनमा ल्याएका हुन् । अढाई वर्ष अघि कोरियाबाट घर आएका पन्थले ६ महिना पछि उक्त डेरी खोलेका थिए । १५/२० लिटर दुध संकलनबाट डेरी सञ्चान गरेका पन्थको डेरीमा अहिले दैनिक ३ सय ५० लिटर दुध संकलन हुने गरेको छ । उक्त दुधबाट उनलले दहि पनीर , छुर्पी घिउ , कुरौनी बनाएर विभिन्न स्थानका वजारमा बेच्ने गरेका छन् ।

पन्थले भने–‘ ५ वर्ष सम्म कोरियामा मजदुर गरियो ,  फिक्सर भिसामा गए पनि पछि सिक्दै जाँदा पानी जाहजमा काम गर्न सुरु गरेको थिएँ तलव महिनाको २ लाख भन्दा बढि थियो ।  यसो घर आएर बुझे त्यतिनै मेहनत गर्ने हो भने त गाउँ मै  पनि  कमाउर्न  सकिन्छ भन्ने लागेर यो व्यवसाय  सुरु गरेको हुँ । ’

उनले अहिले मासिक ८० हजार देखि  १ लाख सम्म आम्दानी हुने गरेको बताए । ईनोभेशन च्यालेञ्ज–२०१५ को नोमिनेशनमा जिल्लाका १० उत्कृष्ट उद्यमीमा परेका पन्थले ‘ नजाऔं अव खाडीमा, खुशी संगै पैसा खोजौं हाम्रै पाखा हाम्रै बारीमा ’ भन्ने अभियान सञ्चालन गरेका छन् ।


आगमी दिनमा आईसक्रिम उद्योग सञ्चालन गर्ने तयारीमा रहेका पन्थले बैदेशिक रोजगारीमा  जाने रकम  कृषि तथा पशुपालनमा लगानी गर्न सके विदेशको कमाई यहि हुने बताउँदै युवाहरुलाई वैदेशिक रोजगारमा नजान सुझाव दिन्छन् । 

जिल्लाका उत्कृष्ट युवा व्यवसायी पन्थलाई जिल्ला कृषि विकास कार्यालय, पशु सेवा कार्यालय र अन्य  संघ संस्थाले पनि प्रोत्साहित गरेका छन् । किशानका लागि उन्नत विउ विजन कार्यक्रमले उनलाई यस वर्ष १० लाख रुपैयाँ अनुदान दिने समेत भएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा