कविता उपाध्याय/माघ २२, रोल्पा । जिल्ला कृषि विकास कार्यालय रोल्पाको आर्थिक वर्ष २०७३/०७४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार प्रधानमन्त्री कृषि आधुनिकिरण पर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कविता उपाध्याय/माघ २२, रोल्पा । जिल्ला कृषि विकास कार्यालय रोल्पाको आर्थिक वर्ष २०७३/०७४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार प्रधानमन्त्री कृषि आधुनिकिरण पर"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

रोल्पामा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको गोष्ठी सम्पन्न

२२ माघ २०७३, शनिबार ०८:२७


कविता उपाध्याय/माघ २२, रोल्पा । जिल्ला कृषि विकास कार्यालय रोल्पाको आर्थिक वर्ष २०७३/०७४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजनाको जिल्ला स्तरीय अभिमुखिकरण गोष्ठी रोल्पाको लिबाङमा सम्पन्न भएको छ । 

कृषिलाई सम्मान जनक नाफामुखी ब्यवसायका रुपमा विकास गर्दै रोजगारीका अवसरहरु सृजना गर्ने, उद्देश्यका साथ जिल्ला कृषि विकास कार्यालय रोल्पाद्वारा संचालित कार्यक्रमका बारेमा सरोकारवाला हरुलाई जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । 

प्रधानमन्त्री कृषि आधुनिक परियोजनाको जिल्ला स्तरीय अभिमुखिकरण गोष्ठीमा प्रमुख अतिथिको रुपमा सहभागि हुनुभएका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले गमलामा पानी सिचाई कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । 

गोष्ठीमा बरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले कार्यक्रमको उद्देश्यका बारेमा जानकारी गराउनु भएको थियो । श्रेष्ठका अनुसार यस कार्यक्रम मार्फत प्रमुख कृषि उपजहरुको विशिष्टिकृत क्षेत्रहरु निर्माण गर्ने, निर्यात योग्य कृषि बस्तुहरुको मूल्य अभिबृद्धि गर्दै प्रतिष्पर्धात्मक क्षमता अभिबृद्धि गर्ने तथा बहुसरोकारवाला निकायहरुको वीचको कार्यमूलक समन्वय मार्फत प्रभावकारी सेवा प्रबाहको सुनिश्चितता गर्ने उद्देश्यले जिल्लामा कार्यक्रम संचालन भएको हो । 

बढ्दो आयात र घट्दो निर्यातले चुलिदै गएको ब्यापार घाटाले कृषिमा आश्रित नेपालको समग्र अर्थतन्त्र नै धरासायी बन्दै गएको र देशमा युवा शक्तिको बढ्दै गएको विदेश पलायनले श्रम शक्तिको अभाव र खेती योग्य कृषि भूमी बाँझो रहने क्रम बढिरहेको हुँदा यो कार्यक्रम संचालन गरिएको हो । 

यो कार्यक्रम मार्फत कृषिमा आधारित अर्थतन्त्रबाट कृषि जन्य उद्योगमा रुपान्तरित आधुनिक, ब्यवसायिक, दीगो एवं आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने साेंच रहेको श्रेष्ठको भनाइ छ । 

कार्यक्रममा स्थानीय विकास अधिकारी सुशील बैद्यको विशिष्ट आतिथ्यता रहेको थियो । कृषि प्रसार अधिकृत रबिन्द्र पौडेलको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको संचालन जिल्ला कृषि विकास कार्यालय रोल्पाका योजना अधिकृत लोकराज सुवेदीले गर्नुभएको थियो ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सरकारी तथा गैरसराकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, जिल्लामा क्रियाशिल पत्रकारहरु लगायत सरोकारवालाहरुको सक्रिय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड