पढ्न करिब 2 मिनेट लाग्छ

दान बहादुर बुढा | माघ २३, मुगु | बिकट हिमाली जिल्ला कहीले रोग त कहीले भेग कहीले खडेरीले दिन प्रति दिन मारमा परेका कृषकहरुलाई बुधबार कर्णाली सामुदायक बिकास केन्द्रले कृषि सम्बन्धिका औजार बितरण गरीएको छ ।

गर्तबर्ष मुगु जिल्लामा खडेरी ग्रस्तक्षेत्रमा परेका जिमा, भिई,रारा, कालै,नार्थपू र सुकाढीक गाबिसमा रहेका १७ सय घर धूरीलाई उन्नत जात बन्दा, फुलकाउली, प्याज, रायो चमसुर, पालङ्कगो साग, काख्रो, मुला, टमाटर, गाजर लगाएतका तरकारी बिउबिजन, सिक्नेचर, स्प्रेय, १७ ओटा पलाष्टीक टनेल घर र १ वटा नर्सरी बेना पलाष्टीक घर सहितको पलाष्टीक समेत अन्य औजार कृषकलाई बितरण गरीएको र पहिले कार्याक्रमको सुरुवात गर्ने समयमा कुनै साग नपाईने हिजाखाज कृषकले आफुखाएर अरुलाई तरकारी बितण गरेको देख्न पाउदा सारैखुसी लागेको कर्णाली सामुदायक बिकास केन्द्रमुगुका अध्क्षय हरीजङ्क शाहीले बताएका छन ।

बिगतका बर्षहरुमा ठूलो खडेरीहुने उत्पादनमा ममीहुने कुनै बर्षहरुमा हामीहरुले हरीयो साग सब्जी देख्न नपाउने हामी खडेरी ग्रस्त गाबिसका जनताहरु हिजोआज कर्णाली सामुदायक बिकास केन्द्रले तरकारी बिउबिजन तरकारी उत्पादनमा प्रयोग हुने औजार दिदा अज भेली आफु तरकारी खाएर आफन्तहरुलाई नासो दिने बेच बिखन गरी कमाएको रुपैया छोरा छोरीलाई पढाई खर्च समेत गरेको कृषकहरुको भनाई रहेको छ ।

श्रीनगर ५ किकृषक सम्झना मल्लका अनुसार सरकारी निकाय जिल्ला कृषि बिकास कार्यालय मुगुबाट पनि ग्रनहउस पलाष्टीक टनेल देखी अन्य तरकारी उत्पादन सम्बन्धि ज्ञान पाएका थिएनै केसिडीसी सस्थाले तालिम ज्ञानका कुरा दिदा धेरै कुरा सिकेका छौ अब तरकारी खेति निरन्तरता दिने समेत बताएकी छन ।

सस्थाले दिएको बिउबाट तरकारी उत्पादन गरी बिक्रि बाट छोरा छारीलाई माछा मासु अण्डा पोशीला खानेकुरा र सरसफाईको लागी साबुन , किने सम्म आम्दानि गरेको समेत जिमा ८ किकृषक गोबिन्द्र बिष्टले बताएका छन ।बिष्टका अनुसार आफ्नो बारीमा साउनको महिनामा पनि हरीयो साग सब्जी नदेखेका हामी अहीले बारै महिना हरीयो खान पाएको समेत बताउनु भएकी छन ।