खकेन्द्र केसी
फागुन ५ सल्यान
विपद् आउनुअघि, आएको अवस्था र आएपछि कसरी रिपोटिङ गर्ने भन्नेबारेमा जानकारी गराउने उद्देश्यले सञ्चारकर्मीहरूका लागि सल्यानमा सञ्चालित ३ दिने तालिम आज समापन भएको छ ।कृषि स्वास्थ्य तथा बैकल्पिक जिविकोपार्जन "/>
फागुन ५ सल्यान
विपद् आउनुअघि, आएको अवस्था र आएपछि कसरी रिपोटिङ गर्ने भन्नेबारेमा जानकारी गराउने उद्देश्यले सञ्चारकर्मीहरूका लागि सल्यानमा सञ्चालित ३ दिने तालिम आज समापन भएको छ ।कृषि स्वास्थ्य तथा बैकल्पिक जिविकोपार्जन "/>
खकेन्द्र केसी
फागुन ५ सल्यान
विपद् आउनुअघि, आएको अवस्था र आएपछि कसरी रिपोटिङ गर्ने भन्नेबारेमा जानकारी गराउने उद्देश्यले सञ्चारकर्मीहरूका लागि सल्यानमा सञ्चालित ३ दिने तालिम आज समापन भएको छ ।कृषि स्वास्थ्य तथा बैकल्पिक जिविकोपार्जन प्रवद्र्धन पहल कार्यक्रम अन्तर्गत यु.एस.ए.आई.डि. को आर्थिक सहयोग तथा दलित बिकास समाज सल्यानको आयोजनामा फागुन ३ गते देखि सञ्चालन भएकोे तालिममा जिल्ला स्थित विभिन्न सञ्चारमाध्यममा कार्यरत करिब १५ जना भन्दा बढि सञ्चारकर्मीको सहभागिता रहेको थियो ।
तालिमलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानका निरज श्रेष्ठले सहजीकरण गरेका थिए । विपद पूर्वतयारी, विपदका समयमा र विपद पछि सञ्चारकर्मी र सञ्चारमाध्यमको भूमिका अहम् हुने भन्दै श्रेष्ठले सञ्चारकर्मीले विपद आइपर्न सक्ने सम्भावित स्थान र विषयगत क्षेत्रको पहिचान गरेर त्यसबारेमा समाचार प्रकाशन र प्रशारण गर्न सके त्यसमा सरोकारवाला निकाय केन्द्रित भई सम्भावित जोखिमबाट बच्ने सक्ने बताएका छन् ।
समापन कार्यक्रममा बोल्दै DDS सल्यानका अध्यक्ष निम बहादुर नेपालीले विपद जोखिमका समयमा संकटासन समुदायको उत्थानशील गराउन सञ्चारकर्मीको महत्वपूर्ण भुमिका हुने बताए । विपद बाट बच्न सुचना फैलाउन सञ्चारकर्मी मात्रै नभएर अन्य व्यक्ति पनि लाग्नुपर्ने नेपालीले बताएका छन् । त्यस्तै पहल कार्यक्रमका सल्यान जिल्ला संयोजक गोकर्न देवकोटाले कल्पना गर्न नसक्ने गरी आउने विपद बाट बच्न केहि कुरा पहिले नै बेलाबेलामा जानकारी गराउनुपर्ने बताए । उनले विपद आइहालेपनि जोखिममा परेका व्यक्तिलाई उद्वारका लागी सञ्चारकर्मीले राज्यका जिम्मेवार व्यक्तिलाई घचघच्याउन अहम भुमिका खेल्नुपर्न बताएका छन् ।
नेपाल पत्रकार महासंघ सल्यानका कार्यबहाक अध्यक्ष सनतकुमार शर्माले जिल्लामा यस्तो खालको कार्यक्रम पहिलो पटक आएको भन्दै अब यसबाट सञ्चारकर्मीहरुले केही सिकेकाले यसलाई{ व्यबहारमा उतार्ने समेत बताएका छन् ।