राम खडका । फागुन ०७ डडेल्धुरा । १८ गाविस र दुई वटा नगरपालिका रहेको डडेल्धुरा जिल्लामा साक्षर गाविसको संख्या १५ पुगेको छ । शुक्रबार जिल्लाको गांखेत गाविसलाई एक भब्य औपचारिक कार्यक्रमका बीच साक्षर घोषणा गरिएसँगै यो संख्या १५ पुगेको हो । ‘डडेल्धुरा जिल्लाको १५ साक्षर गा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम खडका । फागुन ०७ डडेल्धुरा । १८ गाविस र दुई वटा नगरपालिका रहेको डडेल्धुरा जिल्लामा साक्षर गाविसको संख्या १५ पुगेको छ । शुक्रबार जिल्लाको गांखेत गाविसलाई एक भब्य औपचारिक कार्यक्रमका बीच साक्षर घोषणा गरिएसँगै यो संख्या १५ पुगेको हो । ‘डडेल्धुरा जिल्लाको १५ साक्षर गा"/>
१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

गाङ्खेत साक्षर गाबिस घोषणा भए संगै डडेल्धुरामा साक्षर गाविसको संख्या १५

७ फाल्गुन २०७३, शनिबार ०२:३०

राम खडका । फागुन ०७ डडेल्धुरा । १८ गाविस र दुई वटा नगरपालिका रहेको डडेल्धुरा जिल्लामा साक्षर गाविसको संख्या १५ पुगेको छ । शुक्रबार जिल्लाको गांखेत गाविसलाई एक भब्य औपचारिक कार्यक्रमका बीच साक्षर घोषणा गरिएसँगै यो संख्या १५ पुगेको हो । ‘डडेल्धुरा जिल्लाको १५ साक्षर गाविस गांखेतको शान, साक्षर गांखेतबासीको पहिचान’ भन्ने मूल नाराका साथ एक बृहत कार्यक्रमका बीच गाविसलाई जिल्ला शिक्षा कार्यालय डडेल्धुराका जिल्ला शिक्षा अधिकारी बसन्त खत्रीद्धारा साक्षर गाबिस घोषणा गरिएको हो । नेपाल सरकार शिक्षा मन्त्रालय औपचारीक शिक्षा केन्द्रले साक्षरताका लागी तय गरेका १२ वटा मापदण्ड मध्ये गांखेत गाविसले गाविसमा रहेका १५ बर्ष देखि ६० वर्ष उमेर समूहका कुल जनसंख्या तिन हजार एक सय ३९ जना मध्ये दुई हजार ९ सय ८५ जनाले साक्षरताका लागि तोकिएको न्युनतम ७ वटा मापदण्ड पुरा गरेकाले गाविसलाई साक्षर घोषणा गरिएको हो । जिल्ला शिक्षा कार्यालय डडेल्धुरा, जिल्ला बिकास समिति, जिल्ला अनौपचारीक शिक्षा समीती र लालीगुरास सामुदायिक अध्ययन केन्द्र गाङ्खेतको संयूक्त आयोजनामा घोषणा समारोह सम्पन्न भएको लालीगुराँस सामुदायिक अध्ययन केन्द्र गाङ्खेतका अध्यक्ष टेक खडकाले बताउनु भयो ।  

घोषणा समारोहका प्रमुख अथिति जिल्ला शिक्षा कार्यालय डडेल्धुराका जिल्ला शिक्षा अधिकारी बसन्त खत्रीले डडेल्धुरा जिल्ला लगायत लालीगुरास सामुदायिक अध्ययन केन्द्र गांखेतका गाबिसको शिक्षाको बिकासका लागि आफ्नो तर्फबाट हुने काममा कहिल्यै पछि नहट्ने बताउनु भएको छ । कार्यक्रममा बिभिन्न क्षेत्रबाट गाविसलाई साक्षर गाविस बनाउन सहयोग गर्नुभएका व्यक्तित्वहरुलाई दोसल्ला ओढाएर प्रंशसापत्र सहित सम्मान गरिएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन