पढ्न करिब 1 मिनेट लाग्छ

नन्दबहादुर रोकाया/चैत २५, मुगु । जिल्लाको पश्चिम खत्याड गाउँपालीकामा हावाहुरी संगै असिनापानीले अन्नबाली, तरकारी र फलफूलमा क्षेती पु¥याको छ ।

अनायासै परेको असिना पानीले खत्याड गाउँपालीका धेरै ठाउँमा कृषिबाली फलफुलमामा नोक्सान गरेको हो । पाक्नै लागेको गहुँ ,जौ लगायतका फलफुलमा असिना पानीले क्षति पुर्याउँदा किसान चिन्तित बनेका छन ।

खत्याड गाउँपालीकाको साविक गाबिस कोट डाँडा,सुकाढी गम्था लगायतका माथिल्लो लेकमा थुप्रै गाविसमा असिना पानी परेको स्थानीय बासी नन्द बहादुर कार्काीले बताउनुभयो । किसानको पाक्न लागेको गहूँ,जौ फलफुलका बोट बिरुवामा मा असिना पानीले नोक्सान गरेको कार्काीको भनाई छ्।।शुक्रबार दिउँस करिब १ बजे आधा घण्टासम्म हावाहुरी र वर्षासँगै परेको असिनाले गहुँबाली र तरकारीमा नोक्सान पुर्याएको हो ।

पाक्नै लागेको गहुँबाली नष्ट भएको कृषकले दुखेसो गरेका छन । असिना पानीले स्याउ, आरुलगायत फलफूलमा पनि नोक्सानी पुर्याएकाले फुल्न लागेका फूल झेरकाले उत्पादन आधा घट्ने अनुमान गरेका छन ।