2026-06-27 08:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

तीन सय हेक्टरमा सिँचाइ सुविधा उपलब्ध

2017-04-16

बैशाख ३,सल्यान। जिल्लामा निर्माण गरिएका डेडदर्जन बढी सिँचाइ कुलोबाट तीन सय १९ हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध भएको छ । लामो समयदेखि पानीको स्रोत भएर पनि सिँचाइ सुविधाबाट वञ्चित जिल्लाका सात गाविसमा सिँचाइ कुलो निर्माण गरिएपछि बाह्रैमहिना सिँचाइ सेवा उपलब्ध भएको हो । 

जिल्लाका लक्ष्मीपुर, कालीमाटी रामपुर, कालीमाटी कालचे, काप्रेचौर (हाल कालीमाटी गाउँपालिका) कुपिन्डेदह, माझकाँडा (हाल कुपिन्डे वनगाड नगरपालिका र काभ्रा गाविसमा निर्माण गरिएका सिँचाइ कुलोबाट करिब सात सय ६ घरपरिवारका करिब पाँच हजार जनसङ्ख्या लाभान्वित भएका छन् । 

बिएम जेड डब्लु एचएचको रु एक करोड ४० लाख र थप रु ४२ लाखको लागतमा सिँचाइ कुलो निर्माण गरिएको आर आरएन नामक संस्थाका कार्यक्रम संयोजक रत्न केसीले जानकारी दिनुभयो । उहाँका अनुसार कालीमाटी काल्चेमा– चार, कालीमाटी रामपुरमा सात, काप्रेचौरमा तीन, काभ्रामा दुई, माझकाँडामा दुई, कुपिन्डेदहमा दुई र लक्ष्मीपुरमा दुई गरी २२ वटा सिँचाइ कुलो निर्माण गरिएको छ । 

पानीको स्रोत हुँदा पनि वर्षौंदेखि सिँचाइ सुविधा उपलब्ध नभएको स्थानमा जिल्ला कृषि विकास कार्यालयको सिफारिसमा सिँचाइ कुलो निर्माण गरिएको केसीले जानकारी दिनुभयो । 

“ पानीको स्रोत छ तर पनि कुलो निर्माण नभएपछि सिँचाइ सेवा बाह्रैमहिना पु¥याउन सकिएको थिएन कुलो निर्माण भएपछि अब सिँचाइको समस्या झेल्नुपर्ने छैन ।” कार्यक्रम संयोजक केसीले भन्नुभयो । आफूहरुले सिँचाइ कुलो निर्माणका लागि जिल्ला विकास समितिलगायतका कार्यालयमा वर्षांै धाएर पनि कसैले सहयोग नगरेको कालीमाटी रामपुरका कुलप्रसाद भण्डारीले बताउनुभयो । “सिँचाइ कुलोको समस्या भएको देख्ने धेरै भए तर जति भने पनि उनीहरुले हाम्रा कुरा कहिले नि सुनेन अहिले आर आरएनले कुलो निर्माण गरेपछि हामी खुसी भएका छौ ।” कृषक भण्डारीले भन्नुभयो । 

सिँचाइका लागि कुलो मात्र नभएर पाइप तथा लिफ्ट प्रणालीबाट सिँचाइ उपलब्ध गराउने प्रयास गरेको आर आरएनका ओभरसियर कीर्तिराज बुढाथोकीले जानकारी दिनुभयो । 

“ निगाल्चुलामा सिँचाइको लागि पानीको स्रोत बस्ती भन्दा तल छ त्यसलाई लिफ्ट प्रणालीबाट माथि तानेर बस्तीमा खानेपानी तथा सिँचाइको लागि सर्वेक्षण भइरहेको छ । ” बुढाथोकीले भन्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी