Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

आजको पानीले केहि किसानलाई फाईदा, केहिलाई गत बर्षको झल्को ।

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

खकेन्द्र केसी

बैशाख ६ सल्यान÷रोल्पा

आज परिरहेको पानिले किसानहरुलाई अन्न बाली भित्र्याउन चटारो परिरहेको छ । यो समयमा खाद्यान्न बाली गहु, जौँ काटेर मकै रोप्ने गरिन्छ । मकै रोप्नलाई र बाँझो जमिन जोत्नलाई आजको पानिले किसानहरुलाई फाईदा पुगेको हो ।

नेपालकै सबैभन्दा धेरै अदुवा उत्पादन हुने सल्यानको माल्नेटामा पनि आज परेको पानीले अदुवा कृर्षकहरुलाई राहात पुगेको त्यहाँबाट कमल सजुवालले जानकारी दिएका छन् ।

त्यस्तै आलुको पकेट क्षेत्र मानिने सल्यानको बाफुखोला, निगालचुला, कोटमौला, दमाचौरको माथिल्लो भाग र रोल्पाको जिनाबाङ, पाखापानी, राँक लगायतका बस्तीहरुमा आज परेको पानीले किसानहरु हर्षित भएका छन् । यो पानीले किसानले लगाएको आलु फस्टाउने भएपछि धेरै राहत को महसुस गरेका छन । आकासे पानीको भरमा रोल्पाको जिनाबाङ का अधिकांश ठाउँहरुमा आलु खेती गरिने जिनाबाङबाट विमल केसीले जानकारी दिएका छन्  ।

सिचाइ भएका ठाउँमा पनि आकासे पानीले उत्पादन लाई बढाउने किसान हरुको भनाइ छ । तर खोलाको आसपासमा बस्नेहरूलाई भने बाढी आउने त्रास बढिरहेको छ । गत बर्ष सल्यानको बाँफुखोला देखि रोप्ल्पाको सुकावडार सम्म गएको बाढीले एक जनाको ज्यान जानुका साथै ठुलो धनजनको क्षेती भएको थियोे ।