बैशाख १७, रामपुर (पाल्पा) | व्यावसायिक तरकारी खेतीबाटै रामपुरकी ज्ञानुमाया कार्कीको जीवन बदलिएको छ । तरकारी खेती सुरु गरेपछि उहाँलाई यतिबेला पैसाको अभाव छैन् । दुई चार "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख १७, रामपुर (पाल्पा) | व्यावसायिक तरकारी खेतीबाटै रामपुरकी ज्ञानुमाया कार्कीको जीवन बदलिएको छ । तरकारी खेती सुरु गरेपछि उहाँलाई यतिबेला पैसाको अभाव छैन् । दुई चार "/>
१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

तरकारी खेतीबाट वार्षिक रु सात लाख बराबरको आम्दानी

१७ बैशाख २०७४, आईतवार १०:२२

बैशाख १७, रामपुर (पाल्पा) | व्यावसायिक तरकारी खेतीबाटै रामपुरकी ज्ञानुमाया कार्कीको जीवन बदलिएको छ । तरकारी खेती सुरु गरेपछि उहाँलाई यतिबेला पैसाको अभाव छैन् । दुई चार पैसाका निम्ति निकै कष्ट भोग्नुभएकी उहाँलाई अहिले तरकारी व्यवसाय पैसा फल्ने बोटजस्तै लागेको छ । 

तरकारी खेतीबाटै अहिले कृषक कार्की समाजमा अगुवा महिलाका रुपमा आफ्नो पहिचान बनाउन सफल हुनुभएको छ । दिनचर्या तरकारी लगाउने र बेच्ने गर्दैमा बित्ने गर्दछ । बिहान उठ्यो तरकारी बोकेर दिनहुँ बजार पुग्दा पनि आफूलाई पट्यार नलागेको उहाँले बताउनुभयो । 

तरकारी व्यवसायमा धेरै अनुभव लिनुभएकी कार्कीले आफूले सक्दासम्म व्यवसायलाई निरन्तरता दिने प्रयासमा रहनुभएकी उहाँले भन्नुभयो, “तीन छोराछोरीको पढाइ खर्च यसैबाट राम्रोसँग चलाएँ ।” “तरकारीबाटै परिवारको आर्थिक अवस्था पनि मजबुत बन्दै गएको छ”, आफ्नै पाँच रोपनी जग्गामा तरकारी लगाएर वार्षिक रु सात लाखसम्मको आम्दानी लिने गरेको कृषक कार्की बताउनुहुन्छ । 

लामो समयसम्म तरकारी व्यवसायले कार्कीलाई सामान्य रोग किरा र समाधानका उपायसम्बन्धी पनि ज्ञान भएकाले कुनै समस्या आइलागेका बखत कृषि सेवा केन्द्रसम्म पनि धाउन परेको छैन र बजारको राम्रो सुविधा भएकाले व्यवसाय गर्न पनि सजिलो भएको छ । 

बजारमा बेमौसमी उत्पादनले राम्रो मूल्य पाउने र एक किलो तरकारीमा आधाभन्दा बढी नाफा हुने हँुदा उहाँले अहिले बेमौसमी उत्पादनलाई महत्व दिनुभएको छ । कृषक कार्कीको व्यवसाय देखेर गाउँघरका अन्य महिलाले पनि सिको गर्न थालेका छन् । फुर्सदको समय त्यसै दिन बिताएर बस्ने महिलालाई तरकारी खेती गरेर आम्दानी लिन उहाँ सल्लाह दिने गर्नुहुन्छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल