बैशाख २१, धनगढी । व्यावसायिक आलुखेतीमा लागेका कैलालीका आलु उत्पादक किसान उचित मूल्य नपाउँदा समस्यामा परेका छन् । 

भारतीय बजारबाट भित्रिने आलुको मू"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख २१, धनगढी । व्यावसायिक आलुखेतीमा लागेका कैलालीका आलु उत्पादक किसान उचित मूल्य नपाउँदा समस्यामा परेका छन् । 

भारतीय बजारबाट भित्रिने आलुको मू"/>

४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आलुको उचित मूल्य नपाउँदा किसान समस्यामा

२१ बैशाख २०७४, बिहीबार ०९:५८

बैशाख २१, धनगढी । व्यावसायिक आलुखेतीमा लागेका कैलालीका आलु उत्पादक किसान उचित मूल्य नपाउँदा समस्यामा परेका छन् । 

भारतीय बजारबाट भित्रिने आलुको मूल्यसँग प्रतिस्पर्धा गर्न नसकेपछि स्थानीय किसान समस्यामा परेका हुन् । आलु उत्पादन गर्दा लागेको लागतअनुसारको प्रतिफल पाउन नसकेको किसानको गुनासो छ । 

कैलाली गाउँपालिका–९ स्थित परिश्रम कृषि सहकारी संस्थाका व्यवस्थापक रामसमझ चौधरी आलुको उत्पादन वृद्धि भए पनि बिक्री गर्दा लगानीबमोजिमको मूल्य पाउन नसक्दा किसान मारमा परेको बताउनुहुन्छ । 

गत वर्ष २४ बिगाहा क्षेत्रफलमा आलुखेती गरेका यहाँका किसानले गएको हिउँद याममा २९ बिगाहा क्षेत्रफलमा आलुखेती गरेका थिए । कार्डिनल र पिरकौली जातको झन्डै तीन हजार १०० क्विन्टल आलु उत्पादन भएको चौधरीले बताउनुभयो । उचित मूल्य नपाउँदा ठूलो परिमाणको आलु गोदाममा थन्किएको छ । 

“भारतबाट भित्रिने आलुसँग प्रतिस्पर्धा गर्न नसक्दा मारमा परेका छौँ,” स्थानीय रामसुुन्दर चौधरीले भन्नुभयो । कैलालीको साबिक उदासीपुर, पहलमानपुर, चौमाला, जोशीपुरलगायतका गाविसका विभिन्न सहकारी संस्थामा आबद्ध किसानले पछिल्लो समय व्यावसायिक रुपमा आलु उत्पादन गर्दै आएका छन् । आलु भण्डारनका लागि शीत भण्डारन गृहको समस्या समेत किसानले झेल्दै आएका छन् । 

जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी गौरीशङ्कर गुप्ताले उत्पादन भएको आलु सम्बन्धित किसानले समयमै बिक्री गर्न नसकेका कारण अहिले आलु बिक्री गर्न र भण्डारनको समस्यमा देखिएको बताउनुभयो । 

उत्पादन भएको आलु बर्दिया र महेन्द्रनगरको कोल्ड स्टोरमा राख्न सल्लाह दिएकोमा किसानले समयमै कोल्ड स्टोरमा आलु राख्न नसकेको गुप्ताले बताउनुभयो । कैलालीमो गत वर्षसम्म पाँच हजार हेक्टरमा आलुखेती हुने गरेकोमा यस वर्षको हिउँदे याममा छ हजार हेक्टरमा आलुखेती विस्तार भएको बताइएको छ । यस वर्ष जिल्लामा करिब ९१ हजार मेट्रिक टन आलु उत्पादन भएको कार्यालयले जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता